उपेन्द्रभगत नागवंशी
घर भित्र र बाहिर दूबैस्थानमा एकनाशकै माटोको ‘पीढ़ी’ बनाएका हुन्छ । त्यसलाई बोलचालको भाषमा गोसांइ भनिन्छ । गोसांइ अर्थात् लोकदेवी-देउताहरु माटोको टीस्कोको रुपमा घरभित्र र बाहिर स्थापित गरेको हुन्छ । घरबाहिरको प्रतिकात्मक माटोकोटीस्को अग्लो मोटो बनाइएको हुन्छ तर घरभित्र सानो आकारमा हुन्छ । पूmस, खपडाको छाना भएको घरदेखि पक्की भवनसम्म र रुखमुनी यी देउताहरुलाइ स्थापित रहेको देखिन्छ ।
गोसांइ देउता घरबाहिर भूmप्रोमा रहेका अवस्थामा ‘गहबर’, रुखमुनी राखिएको अवस्थामा ‘थान’ वा स्थान र घरमा रहेका पीढीलाई ‘गोसांई’ भनि सम्बोधन गर्ने चलन मिथिला समाजमा छ । यी देउताहरु सनातनधर्मीहरुकालागि सामूहिकताको प्रतिक हुन्छन् ।
घरमा होस घरबाहिर गाउँ नगरको प्रवेशद्वारमा होस वा रुखमुनी होस् सबैको सामूहिकहितको रक्षकको रुपमा रहने गरेको लोक मान्यता कायम छ । सबैले मान्दै आएका लोकदेउता सबैको र सबैखाले भलो गर्न नै रहेका हुन्छ भने जनविश्वास समाजमा यथावत छ ।
गाउँ नगरको प्रवेशद्वारमा स्थापित देउतालाई ‘ग्रामरक्षक’, ‘नगर डिहवार’, पशुपंक्षीको रक्षाकालागि ‘अनहेरबांट’ आदि नामबाट स्थापित देउताहरु मूलतः लोक देउता हुन् । यी देउता लोककल्याणका निमित विभिन्न समुदायले आ आप्mनो नगर गाउँ र घर परिवारमा स्थापना गरेका हुन्छन् ।
देवी देउताकोवास स्थली गोसांइघर
‘गोसांइ’ घरमा जो तरिकाले पुजा हुन्छ अथवा गरिन्छ त्यस प्रकारले मठ-मन्दिरमा स्थापित रहेका अथवा गरिएका देवी देउताको पुजा हुँदैन, गर्दैन र गर्ने चलनपनि छैन् । घर-गृहमा स्थापित पुर्खाको नासो देवी-देउतालाई अन्य कुनैपनि देवी देउता, भगवानसंग तुलना गर्न मिल्दैन् । पारिवारिक गोसांइलाई बाहिरी भगवानसंग दाज्न सकिदैन् । दूबैको फरक पद्धति छ, विधि विधान छ । त्यसैले एकअर्कासंग तुलना गर्न मिल्दै मिल्दैन् । जबकी अध्यात्म दर्शनसंग दूबै मिलेको हुन्छ । मठ-मन्दिरमा स्थापित भगवान-देवी देउतालाई मान्ने नमान्ने, पुजा गर्ने नगर्ने मानिसको आप्नो विवेकामा भरपर्छ , मानिसको स्वेच्छामा निर्भर हुन्छ । तर, सनातनधर्म मानिने जुनसुकै समुदायमा घर-गृहका कूलदेवी-देउता‘गोसांइ’लाई मान्नुपर्ने बाध्यता हुन्छ !
पुर्खाले मानि आएका कूलदेवी-देउतालाई पुजा-आराधना गर्नुपर्ने आवश्यक मात्र होइन अनिवार्य हुन्छ । घर-परिवारका अन्य सदस्य जस्तै एकअंशको भागीदार निराकाररुपी ‘गोसांई’ हुन्छ । त्यसकारण ‘गोसांइ’को माध्यमबाट कूलगुरु, कूलदेवी-देउता र कूलपुर्खाको परिचय नवविवाहितालाई गराइने चलन छ । आस्थाका प्रतिक, वंशवादका प्रतिक, समृद्धिका प्रतिक, संघारक र सम्हारकर्ताका रुपमा कूलदेवी देउता ‘गोसांई’लाई मिथिला-मधेशमा लिन्छन् ।
बाहिर मठ-मन्दिरमा पुजा-आरधना गर्दा हामि सुख-स्मृद्धि यश-वैभव प्राप्तिको कामना लिएर पुजा आराधना गर्छौं । त्यसरी नै गोसांई घरमापनि पवित्रतापूर्वका पुजा आराधना गरिन्छ । गोसांइलाई पुजागर्ने परिवार अनुसार श्रद्धापूर्वक साकाहार र मांसाहार परिकार चढाइने गरिन्छ ।
पूर्वजकै रुप हो गोसांइ
फरक फरक नामको भएपनि ‘गोसांई’ देवी-देउतालाई मिथिला-मधेशको लोकभाषामा माता-माय-माइ-अर्थात् आमा र बावु अथवा बाबा, महारानी अर्थात् हजुरबुवा हजुरआमा सम्बोधन गरिन्छ । यो सम्बोधन शास्त्र सम्मत रुपमा गर्ने गरेको देखिन्छ । शास्त्रमापनि त्यसको अर्थ माथि उल्लेख भएअनुसार नै हुन्छ । लोकधर्ममा धेरैथोक शास्त्रीय कुरा नमानेपनि केही कुराहरुमा मेलो भने अवश्य रहेका छन् । अहिलेपनि त्यसको छाप मिथिला संस्कृतिमा भेटिन्छ ।
माथि उल्लेखित ‘माय-माइ’-आमा सम्बोधनको सबालमा भन्नु पर्दा आमा जननी हुन् । आमा कूल-वंश परम्परालाई विस्तारित गर्दै जाने साहसिक दुःखहरनी, मायाको छाहिर दिने गुणवन्ती, धनवन्ती देवी हुन् । बा अथवा बावु वा बाबा यो शब्द रक्तसम्बन्ध बोधक हुन् । त्यसकारण घरमा नवदम्पती छिरेपछि घर-परिवारको काइदा कानुन कूलवंश परम्परा आदिका बारेमा एकपुस्ताबाट अर्कोपुस्तामा जानकारी साथ ‘गोसांई’ पुजाको पद्धति समेत हस्तान्त्रण गर्ने कार्यको श्रीगणेश गरिन्छ । परिवारमा पिता-बावु संरक्षक सम्वाहक हुन्छन् । नवसदस्य बुहारीको रुपमा घर-गृह प्रवेशपछि पहिलो परिचय प्रथमतः त्यसैले गोसांईसंग गराइन्छ । जो मिथिला मधेशका अमूर्त सांस्कृतिक सम्पदा हुन र अनमोल निधि पनि ।
गोसांइलाई देवी-देउता भन्न थालिएको हो ! तर बस्तुतः यो आमा-बावु हजुर बुवाको नासोको प्रतिक नै हो । ‘गोसांइ’ घरमा देवी र देउताको नाम परिवार समुदाय,वंश परम्परा अनुसार फरक-फरक हुन्छ । दुर्गा, भगबत्ती, काली, महारानी, जालपा, सातो बहिन, सोखा, राजदेवी, बन्दी-हनुमान, गोरैया, भैरब, गहिल, बिषहरा, मङ्गला, जङ्गला, हिरिया-झिरिया इत्यादी । यी सबैको नाम अनुसार पुजा-पाठको विधि-प्रकृयापनि फरक-फरक हुन्छन् ।
समयक्रम अनुसार चलाक पुरोहितहरुले नितान्त परिवारिक प्रथालाई धर्मशास्त्रको आढमा ‘क्यास’ गर्न आप्mनो दखल त्यसमा गर्न खोजेका भएपनि लोकमानसले हालसम्म सो सफल हुन दिएका छैन् । त्यसकारणपनि घर गोसांइको महत्वा अझैसम्म घटेको छैन् । तर २०७२को संविधानले देशलार्इृ धर्म निरपेक्ष कायम गरेपछि विदेशी शक्तिहरुले यसलाई भत्ताभूंग पार्न कसरत भने अवश्य थालेका छन् र त्यसका मोहरा समाजका कमजोर, अशिक्षित, दलित बर्गलाई बनाएर धर्मान्त्रण गराउने र गोसांई पुजालाई बन्द गराउन खेल नियोजित रुपमा थालेको अभास समाजका सचेत वर्ग गर्न थालेका छन् ।
एउटै समुदायमा एकनामका ‘गोसांई’ रहेपनि परिवार पिच्छे पुजा पद्धितिमा भिन्नता हुन्छ । त्यसैले घरमा नव अगन्तुक पारिवारिक सदस्य आएपछि उनको पहिलो परिचय ‘गोसांइ’ अर्थात् पुर्खा कूल परम्परासंग गराइन्छ । बाहिरबाट आएकाहरु घरको ढोका छिरेपछि पहिलो प्रणाम गोसांई-कूलदेउतालाई नै गनुपर्छ । गाउँ प्रवेश र निकास गर्दापनि डिहवार स्थानमा ढोकेर आउने जाने गर्नु पर्छ । यो मिथिला मधेशको संस्कृतिको प्रमुख अङ्ग बनेको हो, भने यसमा मानवीय जीवनका सूक्षम र गम्भिर कुराहरु लुकेका छन् ।
प्रतिक्रिया