संस्कार र संस्कृति किन हत्या-हिंसक बन्यो

२०७७ कार्तिक ८, शनिबार ०८:३२
सीमाञ्चल समदिया

  • 14
    Shares

बलिप्रथा बारे दीर्घ आलेख,

शब्द/चित्र – उपेन्द्रभगत नागवंशी
जनकपुरधाम । दशैंमा सार्वाधिक पशुबलि प्रदान गर्ने काम हाम्रो मुलुकामा हुन्छ । त्यो राजधानी काठमाण्डौको देवी देउताको स्थल होस अथवा मिथिलाको ह्दयस्थली जनकपुरधामको देवस्थलहरुमा होस् बलि प्रदान गर्ने काम जहाँपनि हुन्छ नै । यसपालि कोरोना महामारीके संक्रमणका कारण प्रमुख शक्तिपीठ, शक्तिपुञ्जहरुमा बोकाबलि प्रदान गर्ने काम भने हुँदैन । तथापि जीवहत्या भने रोकिएको हो भने होइन । यसमाथि विराम लाग्न र लगाउने कामपनि कतैबाट हुँदैन । आवश्यकताहरुको पूर्तिकालागि जहाँ जो परिवेशमा प्राणी बस्दछन् वा रहन्छ त्यस वातारण अनुरुप आफ्नो आवश्यकताको पूर्ति गर्नुपर्ने अवस्था हुन्छ । आवश्यकताको पूर्तिकालागि मानिसले अवसहरुको तलाश त्यसैगरी गर्ने गर्छन् । यसमा प्राकृतिक अवस्था प्रमुखरुपमा सामेल हुन्छ ।
प्राकृतिक अवस्था
प्राकृतिक अवस्थामा देशको सामान्य दशा, जलवायु, पर्वत(पहार-हिमाल),समुद्र, जलाश्य(नदी,खोला), वन-जङ्गल, जीव-जन्तु आदि उपलब्ध प्राकृतिक संसाधनहरुको सीमा हुन्छन् । जो भगौलिक सीमा, सामाजिक, वैचारिक सिधान्तलाई दरिलो पार्दछन् । आर्थिक समृद्धि र सांस्कृतिक मेरुदण्ड त्यसपछि निर्धारण हुन्छन् । देशको राजनीतिले यी सबैकुरोलाई प्रभावित गर्छन् । राजनीतिक सही र जनहित दशेहितमा भयो गरियो भने सबैथोक सप्रिन्छन र गल्त गर्यो भयो भने सबैथोक बिग्रिन्छ । मानवको चरित्र निर्माणमा यी यावत कुराहरुको ठूलो महत्व हुन्छन् । आवश्यकतापूर्ति भएपछि प्राणि आह्लादित हुन्छन् । त्यसपछि मात्र उनले राम्रा नराम्रा कुराहरु, देश-समाजमा पर्ने असर आदिका बारेमा चिन्तन गर्छन् ।
वैदिककाल
संसारमा सर्वप्रथम रचना गरिएका साहित्य ‘ऋग्वेद’लाई मानिएको छ । ऋग्वेदलाई सनातनधर्मका पहिलो ग्रन्थपनि मानिन्छ । ऋग्वेद रचनाभएको समय-अवधिलाई ‘ऋग्वैदिककाल’ वा ‘वैदिककाल’ भनिन्छ । करिब पाँच हजारवर्ष पहिला यसको रचना भएको हो । सो कालमा प्रायः देउताहरुको अभ्यर्थना मन्त्रोच्चारणद्वारा आहुति दिएर गर्ने परम्परा थियो । काटमार बलि दिने प्रथाको सुइकोसम्मको चर्चा थिएन । धर्म-यज्ञ-अनुष्ठान-प्रधान प्रथा थियो । तर, त्यसमा जीवात्माहरुको हत्या गर्ने, वध गर्ने, बलिप्रदान गर्ने चलन थिएन ! अहिलेको बिडम्बनापूणर् रबैया अन्ध आस्थाको नाममा गर्नुपर्ने प्रचलनपनि थिएन । हिन्दुधर्मका भक्तिप्रधान उपासनाको समेत अभाव सो बेलामा अभाव थियो । यजुर्वेदको रचना भएपछि एकाएक मानिसको हिंसात्मक प्रवृतिदेखा पर्यो ।

यज्ञ आहुतिका नाममा बलि प्रथा प्रचलनमा आयो । महान कहलिएका आर्य-आचार्यहरु हाथी, घोडा, ऊँट, गदहा, रागो, पाड़ो, कूकूर बिरालो आदिको बलिदिने र सोको मासुखाने गर्थिए । मध्यपान गरी यज्ञस्थलमै खुल्लारुपमा यौनाचारपनि गर्थिए । जस्तो समाज हुन्छन त्यस्तै इतिहासपनि बन्द छन्, सो बन्यो । सोको दुष्यपरिणामहरु वर्तमानसम्म देखा परेका छन् र समय-समयमा बिवादको श्रृर्जना भई बहसको विषय समेत बन्दै आएका छन् । आर्यहरुको आदिम इतिहास हामि समक्ष उपलबद्ध छ, जो वेदहरुका रुपमा हामि सामु छ । यसमा हामि, हाम्रो संस्कार संस्कृति, परम्पराको सफा ऐना हामि हेर्न सक्छौं ।

जब हाम्रो इतिहास नै त्यस्तो छ र हामि त्यस इतिहासलाई सुधार्न सक्दैनौ अनिसमाज सहजै कसरी सुध्रिन्छ ? समाज त उहीं हजारौं-हजारवर्ष पहिला लेखिएका धर्म-शास्त्र र परम्परालाई अंगालेका छन् , त्यसलाई मानेर हिडिरहेका छन् । त्यस साहित्यलाई नै उद्रण गरेर, सत्य मानेर कृत् गर्दै छन् । यसमा सुधार नगरी अनि अहिले बलिप्रथालाई बन्द गर्नैपर्छ भनेर नारा मात्र दिएर, केही स्थानमा गोष्ठी गरेर निर्मूल हुने होइन ! आमूल परिवर्तनका निमित्त सक्रियतासाथ कानुनी परिवर्तन गराएर,समाजलाई चेतनाशिल बनाएर मात्र समाज परिवर्तणको दिशामा कार्य थाल्नुपर्ने आवश्यकता छ ।

                                                  ‘‘ अग्नाई पत्नीबन्त्जूर्देवेन त्वष्ट्रा सोमं पिव स्वाहा !
                                                   इस्ते ते यज्ञियों गर्भों यस्थे योनिर्हिरण्ययी ।
                                                   अंगान्यह ता यस्यं तं मात्रा समजीगम स्वाह !
                                                   नाना हि वा देवहिंत सदस्कृतं मा सा सक्षथां परमेव्योमन !
                                                  सुरात्मसि शुष्मिणी सोमऽएथ मा मा हि सी स्वा योनिमा विशन्ती ।
                                                  उक्ताः संचराऽएताशुन्नसीरियाः श्वेता वायन्याःश्वेता सौर्या !!’’  (यजुर्वेद -८-२५)
(हे स्वामिन ! समान प्रितिका समान देव त्वष्टाको साथमा स्वाह वाणिले सोमवलीको आसव ग्रहण गर ।
हे सुरा सोम ! जोकारणले यज्ञस्थानमा पृथक-पृथक गरेको हो । शक्तिबद्र्धक हौं र देवताद्वारा वरणीय हौं । बेदहरुमा प्रविष्ठ हौं त्यस्तै सोमलाई हिंसित नगर्नु । हे शौभाग्यवती ! तिम्रो निरोग गर्भाश्य छ । यज्ञकोलागि योग्य छ, तिम्रो सुन्दर सोझो अङ्ग छ । त्यसलाई तिम्रोसंग स्वाहःक्रियाले प्राप्त गर्न सकौं ।) उक्त श्लोकहरुको सार अंश हो ।

जहांपनि पशुबलि दिने स्थान छ त्याहां मानाकृतिका काष्ठको एउटा प्रतिकात्मक ‘खम्हा’ स्थापित गरेका हुन्छन् । यो शास्त्रीय मान्यतालाई लोकमान्यतामा गाभेर कुनैन कुनै देवी-देउताको नामाकरण गरी बलिप्रदान गर्ने परम्परा यजुर्वैदिक कालिन समाजपछि एकासी विकशित भएर आएको हो ।

महोत्तरीका सोनामाईस्थान,सप्तरीको छिन्नमस्ता भगवति,कंकालनीमाइको गहबर, जलेश्वरको संसारीमाइ, जनकपुरधामको राजदेवी सहितका मठमन्दिर होस सबैठाउँमा त्यस्तै प्रतिकात्मक खम्हाहरु थिए र छ । बुद्धकालमा यस प्रकारको प्रथाको बिरोध हुँदा यस्तो गरियो र समाजलाई भटकाउने काम आर्यहरुका अनुयायीहरु र षडयन्त्रीहरुले गरें ।

जीवहत्याको दोष नलागोस र बलिप्रथाको प्रचलनपनि जारी रहोस अभिप्राय एकातर्फ थियो भने अर्कोतर्फ बुद्धका अहिंसावादी सिद्धान्तलाई ठूलो चुनौती दिने कामपनि समाजका त्यस्ता दोधारे वर्ग समाजद्वारा समाजमानै हुन्थियो । अहिलेपनि सोही कृत भइरहेका छन् । केहीले बलिप्रथाको बिरोध गर्छन त्यही धेरैले पक्षपोषणमा खडा भएको देखिन्छ ।

जबकी कुनैदेवी देउता हिंसा गर्न जीवहत्या गर्न भन्दैन र भनेकोपनि छैन् । त्यसको नाममा धन्धा चलाउनेहरुको काम मात्र हो । अर्को हो प्रारम्भकालमा मानवलाई चेतना नभएको बखत के खाने नखाने थियो । जो भेटायो खायो, भोख मेटायो र पछि त्यो संस्कार बस्न गयो । मानवको जन्मजातनै मासांहारबाट भएको हो । त्यसकारण शास्त्रहरुलेपनि कुनै परहेज गरेन । ‘आपइच्छा सर्व भलः’ को सिद्धान्त खुल्ला छाडेको हो ।
सनातन हिन्दु–धर्ममा नै दोष छ ?
सोंच र जीवनमूल्य यी दुईकुरा संस्कृतिका मुख्य दुईआधार स्तम्भ हुन् । वर्तमान समयमा हिन्दुधर्म संस्कृतिको नामबाट सम्बोधित धर्म-संस्कृति बस्तुतः ब्राह्मणी धर्म-संस्कृति हो,भन्नुपर्दा अतिश्योक्ती नहोला । वैदिक संस्कृतिपछि आएर ब्राह्मणी संस्कृति र त्यसपछि हिन्दु संस्कृतिको रुपमा विकसित गर्ने काम भयो ।

पुरोहितलाई समान्यतया हामी धर्मकृत, कर्मकाण्ड गराउने कार्यका निमित्त पात्रको रुपमा जान्द-मान्द छौं । तर पुरोहितको सो काम   थिएन । पुरंहित,ले पुरोहित शब्द बनेको हो । पुरको अर्थ नगर-बजार हुन्छ । जहाँ केही खाश कार्यका निमित बिचौलियाहरु हुन्छन् । ती बिचौलियाहरुको काम गाउँ र नगरलाई जोड्न सक्ने र पुरकावासीहरुको हित साधनाकालागि कार्य गर्न गराईदिन सक्ने कामकालागि ‘पुरोहित’ हुन्थिए । तर, उल्टो भयो, उनीहरुले आप्mनो हित साधनमा अत्याधिक लागे । त्यसबाट सम्रग समाजलाई आक्रान्त बनाएर आप्mनो काम बनाए । बिडम्बना बिसंगतिहरु एतैबाट शुरु भयो ।
दुर्गा देवी र माता-आमा
प्रारम्भिक कालमा आर्यहरुमा नारीको अभावनै थियो । त्यसकारण उनीहरुकालागि नारी मात्र नारी हुन्थिए । छोरी-बेटी, दिदी-बहिनीको सम्बन्ध हुँदैन थिए । भएको भए बेद-पुराणहरुमा नारीलाई मात्र भोग्यबस्तु बनाउने वा भोग्ने उदाहरणहरु मात्र आउने थिएन । त्यसैगरी ‘दुर्ग’बाट दुर्गा बनाइए । दुर्गका अर्थ हुन्छ-सुरक्षार्थ निर्मित ढाँचा(किला) ! हरेक दूर्गमा कुनै न कुनै एउटा देवी-माता स्थापित हुन्थियो ।

पुर र दुर्ग असुर-अनार्यहरुको लागि सुरक्षित स्थान-बास हुन्थियो । आर्यहरुकोलागि त्यस्ता स्थान थिएन । दुर्गको रक्षाका भार बहन गर्ने काम नारीबाट गर्ने भएकाले ‘दुर्गा’ नामाकरण भएको हुन सक्ने प्रवल सम्भावना शास्त्रहरुकै अध्ययनबाट बुझिन्छ । अर्को खेतको कुनै साइडमा वा आलिमा वा आँपको पूmलवारीमा काठ र बाँसको सहयाताले ‘मचान’ बनाएर सुरक्षादिने कार्य हुन्थियो,अहिलेपनि हुन्छन् यसलाईपनि ‘दुर्ग’को संज्ञा शास्त्र-पुराणमा दिएको पाइन्छ । मूलबासी-अनार्य उत्पादनशील, अनार्य नारी गृहस्त आश्रमका महिलाहरु सुरक्षाकालागि खटिरहेकी थिइन । दुर्गको रक्षाको भार वहनकर्ता नारी भएकी हुँदा र त्यसबखत नारीको रौद्ररुप देखेर दुर्गा नामाकरण गरी सम्बोधन थालेको हुन सक्छ । आफ्नो उत्पादनशील फसललाई जङ्गली जानावर र चोरी गर्न सक्ने बृत्तिका मानिससंग जोगाउन खेतीहार रखवार, पहरेदार आजपनि हुन्छ । चराचुरङ्गीहरुबाट बचाउन खेतको बीचबीचमा मानव आकृतिका दूर्ग-बूत्त(धुआ-बुख्याचा) बनाई खडा गर्ने चलन कायम रहेको चौरहरुमा बर्तमानमापनि हेर्न सकिन्छ ।

         यो चित्र-अजित साह ‘मुन्ना’

‘देव’(देउता) संस्कृतको शब्दावली हो । यो शब्द मानव र देउता दूबैकालागि प्रयोगमा ल्याएको हो । आर्य पुरुषहरुले आपूmलाई ‘देव’ र नारीलाई ‘देवी’ भन्न नियम बनाए । पछि सोही कुरोलाई देवी-देउताको रुपमा मानिए,चलनमा ल्याइयो । ब्रह्मा, बिष्णु इन्द्र, लक्ष्मी, सरस्वती आर्यहरुको पूर्वज देव-देवी हुन् । यसले देवी देउताहरुका दुईश्रेणी सामुने आयो । शीव, दुर्गा, कृष्ण, बुद्ध आदिलाई ब्राह्मणहरुले बिष्णुकै अवतार भनेर आफ्नो दाबा जमाएर धर्म-संस्कार संस्कृतिका पहरेदार बनेर जीविकाको निहित साधन     बनाए । बितण्डा, बिखण्डन धर्मको प्रसारमा यतैबाट शुरु भयो । यज्ञ-हवन,बलि-बेदी, टुना-मुना,टोना-टापर आदि अन्धआस्था प्रथा-प्रचलनपनि निकै पनपन थाल्यो । कुनैपनि भूmठो कुरोलाई पटक-पटक दोहरियाउंदा प्रचारित गर्दै जांदा त्यो भूmठो कुरा सत्य झै मान्यता प्राप्त गर्न थाल्छन् । यस प्रकारको प्रचार पटक-पटक हुंदै आएको हो ।

देवी-देउताको नाममा पुजा-पद्धतिको आडमा पशुबलि दिने परम्पराको अन्तका निमित्त थोरै संख्यामा भएपनि यसको बिरोधका स्वरहरु उठन् थालेका छन् । यसप्रतिको चासो आमचाशोको विषय नबन्दासम्म जन-मनबाट उबार हुन सक्दैन् । संस्कार र संस्कृतिनै हत्या हिंसक बनेको छ । अथवा परम्परागत रुपमा बनेर आएको छ । त्योपनि आस्थासंग जोडेर आएका विषय हुँदा यतिको गहिंरो रुपमा अन्धआस्थाको जडा गाडिएका छन् । यसलाइ उखेल्न कानुनीरुपका साथसाथै समाजिकरुपमा त्यो जडालाई उखेल्ने काम हुनुपर्दछ ।

धर्म र धार्मिक कृत्यको बारेमा बेद-पुरान, उपनिषदका ती भ्रामक कुरालाई सच्चियाएर राम्रा कुराहरुको प्रसारित गरेर विज्ञान र तर्कसंगत रुपमा कुराहरु समाज र परिवेश मुताविक प्रसारित गर्नु पर्दछ । सो नभए बुद्धका देश, शान्तिका देश, अहिंसाका देश भनेर नारामा हामी मात्र सिमित राख्न सक्छौ । यर्थात्मा उही बिडम्बनार भ्रामक कुराहरुलाई संगोलो बनाएर मान्ने, भन्ने र गर्ने कार्य हुन्छ । र, कुरा उठ्छ सेलाउंछ तर चमत्कारी परिवर्तन आउन सक्दैन ।
बिषाक्त परम्परा
ऋग्वेदपछि अरुवेदहरुकोपनि समय परिस्थिति अनुसार रचना आरम्भ भयो र शास्त्र रचियताहरुको आ-आप्mनो तर्क संगत कुराहरु समावेश गरी प्रचार प्रचारमा ल्याउने काम भयो र जनभावनालाई मान्न बाध्य बनायो । यसरी आर्य एवं अनार्यहरुको हेलमेलले गर्दा नविन संयोजन भई हिन्दुसंस्कृतिको समुदय भयो । यसमा आर्यहरुको सभ्यता एवं संस्कृतिको सार्वाधिकचिन्ह देखापर्छ,उपलब्ध दस्तावेजहरुबाट सोको पुष्टिहुन्छ । आर्यहरुले स्थानीयवासीहरुमाथि विजयी प्राप्त गरेपछि उनीहरुले सभ्यता र संस्कृतिबाट आप्mनो र संस्कृतिको एकिकरण गर्न सफल भए । त्यकारण आज हरेक धर्मका सभ्यता संस्कार र संस्कृतिमा अनुदारता र उदारता देखिन्छ । शाक्त र विषाक्त दुबैथरीका भाव अभिव्यक्त गर्ने प्राणि-मानिस संसारमा भेटिन्छन् । त्यसको मूलमा षडयन्त्र र छलकारी नीति सम्माहित रहेका छन् । त्यसलाई सुधार गरी लग्नुपर्ने आवश्यकता हिजो पनि थियो बर्तमानमा पनि छ ।

जहाँसम्म जीवहत्याको प्रसंगछ त्यो सनातनदेखि चल्दै आएको प्रथा हो । मानिसको उत्पतिदेखि नै हत्या हिंसाका कुरा हुँदै आएको यर्थात् हो । यजुर्वेद यसको साक्षाी हो । अरुनभएपनि यजुर्वेदको उन्नाइसवां अध्याय अध्ययन गर्दा चित्त बुझाउन सकिन्छ । राजपाटदेखि लिएर ठग-ठठेरी गर्नेसम्मले आतंक मचाएर हत्या लुटपाट गरेरनै सत्ता हात कसरी पारें । आफ्नो आधिपत्य जमाए । ठीक उस्तै प्रकारले जस्तो मुलुकमा मानवहत्या बर्जित छ । जस्तो सुकै अपराध गरेपनि कानुनले मृत्युदण्ड दिने प्रावधान निषेध गरिएको छ । तर, अधिकारका सबालमा आन्दोलनमा उत्रेकाहरुमाथि राज्यका सोही प्रावधानका रक्षकहरुद्वारानै सयकडौं निर्दोष नागरिकलाई हत्या गरेको कहालि लाग्दो इतिहास हाम्रै मुलुक नेपालमा भएका कतिपय आन्दोलनको घटनाले कायम भएको छ ।

बैदिककाल वा पूर्ववैदिककाल अथवा उपनिषदकाल, रामायण, महाभारत आदि सबैकालमा आप्mनो सत्ता अनुकूता मुताविक चल्न चलाउनलाई तेजोबद्ध गर्ने कार्य शासकहरुले गरें गराए । त्यसको पछाडि कतैन कतै वैदिक-ब्राह्मणी धर्मप्रथा सम्माहित रह्यो । ब्राह्मण एउटा संस्कृति हो, जात हो, धर्म हो, वणर् हो, विचार र सिद्धान्त पनि हो ! यसै विचारधाराका कारण पृथक-पृथक संस्कृतिहरुको जन्म र विकास संसारमा भएको हो । शान्ति र अमन चयनका निमित ।

त्यस्तै धर्मका नाममा धार्मिक सहिष्णुताकालागि धर्मरक्षाकालागि जीवहत्या गर्ने काम त्यसबाट फाइदा लिनेपक्षले गर्दै आए र गर्दै छन् । तर समाज वा सरकार यी सबै कुरो जानेरपनि नजानेको जस्तो गरेर श्वांग रच्दै आएका छन् । लोकआस्था, धार्मिक कृत्य, परम्परा संस्कृतिको नाम दिएर मुख छोपेका छन् । अहिंसा पर्मोधर्मः ! जीवहत्या गर्नु पापछ, भन्छन् । पशुकालागिपनि कानुनी अधिकार छ तर वर्षैपिछे लाखौंको हाराहारीमा जीवहत्या हुन्छ, गरिन्छ त्यसका रोकथामकालागि साकारात्मक प्रयास गरिदैन् । यसै कारण शक्तिको भक्तिमा विशाक्त परम्परालाई जीवन्तता दिदै आउने काम हुँदै आएको छ ।

 

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

simanchal
धर्म निरपेक्षताकेँ दुर्गुनतास’ आहत होइत लोक
२०८० आश्विन १३, शनिबार १०:३०
सीमाञ्चल समदिया
simanchal.com
नाग पुजा एवं नागवंश
२०८० भाद्र ४, सोमबार १०:०५
सीमाञ्चल समदिया
simanchal.com
राष्ट्रके गौरब नेपाली झण्डाःमेयर मण्डल बनलाह सुरखुरु
२०८० श्रावण १६, मंगलवार २१:०९
सीमाञ्चल समदिया
Maithili Kalakar
राज्यसिनेहस’ उपेक्षित मैथिली सिनेकलाकारसभ सम्मानित
२०८० असार ३१, आईतवार ११:३४
सीमाञ्चल समदिया
simanchal.com
मिथिलानगरि जनकपुरधाममे शान्तिस्तम्भ शिलान्यास
२०८० बैशाख १६, शनिबार २३:११
सीमाञ्चल समदिया