वीभत्साको आकर्षण तथा सौम्यताका प्रतिक ‘दशैं’

२०७८ आश्विन २४, आईतवार १४:०८
सीमाञ्चल समदिया

  • 33
    Shares

दीर्घ आलेख
—उपेन्द्रभगत नागवंशी,
बिजयादशमीको शुरुवात घटस्थापना गरी,घटस्थलमा जमराबीयु छरेर विधिवत् दुर्गा-भवानीको पुजन आरम्भ गरी दशैंपर्वको शुभारम्भ हुन्छ ! मीठो परिकारहरु खाने; नयांलुगा लगाउने,रमाइलो गर्ने, सप्तमीदेखि दशमी तिथिसम्म देवीको नाममा बलिप्रदान गरी मासुको परिकार खाने, देवी दुर्गाको पुजाआजा गर्ने घुमफिर गर्ने आदि कार्य हामि गर्छौं  । परम्परादेखि चल्दै आएको यही प्रथा नै हम्रो नेपाली समाजमा प्रचलनमा छ । तर दशैं यसैकालागि हो त’ ! किन हामि दशैं मनाउंछौं ? के छ दशैं मनाउने सही तरिका प्रचाीन र मध्यकालीन पद्धतिहरु त्यसलाई हामिले जान्ने प्रयास गर्नुपर्छ ।

यसमा थेरैथोक संस्कार, संस्कृति र समाज विज्ञानका कुराहरु लुकेका छन् । जे कुरा सम्झेर दशैं मनाउंदछौं वास्तविक त्यो रहेन छ, यो जान्नुपर्ने आवश्यकता छ । यस लेखमा त्यस्ता केही खासै कुराको चर्चा गरिएको छ । यसवर्षको दशैं यहीअसोज गएको २१ गते बिहिवार देखि शुरु भएको हो ।

सनातन संस्कृतिका अनुयायीहरुले प्राचीनकालदेखि मातृदेवीको उपासना, पुजा गर्दै आएका छन् । प्राचीन सेह परम्परा वर्तमानमा देवी वा दैविक शक्तिको प्रतिक पुजन पद्धति कायम भएको छ । बदलिदो समय-क्रम अनुसार मातृदेवीको पुजा शक्तिपुजाको रुपमा र शक्तिपुजा देवी र देवीपुजा दुर्गा, भगबती आदिको रुपमा परिवर्तित र विकसित भएको हो ! साहित्यिक साक्ष्यहरुबाट यस तथ्यको पुष्टि हुन्छ ।

शक्तिपुजा आर्यधर्मसंग सम्माहित रहेको थियो, कालान्तरमा सबैमान्यता‘रुद्र’मा सम्माहित भएर आयो । आदि-शक्तिको रुपमा मातृ-देवीको पुजन पद्धति विकसित भयो । यस पछाडि तर्कसिद्ध गर्‍यो-‘सृष्टिको उदयको कारण ‘रुद्र’ र ‘शक्ति’ नै हो’ ! तात्कालिक समयमा सो कुरो समाजले स्वीकार्य गर्‍यो ।

वर्तमान समयमा सोही प्राचीन आर्य सभ्यताको केन्द्रिकृत भावनालाई आत्मसाथ गरेर प्रायः हरेक सनातनी सभ्य-असभ्य समाजले विभिन्न रुप र प्रकारले शक्तिको पुजा गर्न थाले । देवी-दुर्गा-भवानीको उपासना,पुजा समाजमा हुनथाल्यो ।

दशैं मूलतः यसै शक्ति र सौहार्दताकालागि मनाउने गरिएको धार्मिक सांस्कृतिक अनुष्ठानीक पर्व, इच्छा र योग, भोगपूर्ति गर्ने, शोकनाशनी मांगलिक उत्सवधर्मी पर्व समेत बनेका छन् दशैं !

प्राचीन संसारमा मातृदेवीको उपासना
देवी देउतालाई अहिले पुजागर्ने चलन झै प्राचीन संसारमा मातृदेवीको उपासना गर्ने चलन थियो । सिन्धुघाटीको हड़पा सभ्यताबाट प्राप्त साक्ष्य र बैदिक साहित्यहरुबाट सोको पुष्टि हुन्छ । हड़पा सभ्यताका त्यस बखतका प्रमुख नगरहरुको पुरातात्विक उत्खन्नबाट अत्याधिक संख्यामा प्राप्त भएको नारी(महिला)को मृणमूर्तीहरुको अध्ययनबाट यी कुरा सिद्ध भएको हो ।

प्राप्त नारीको मूर्तीहरु नग्न(नाङ्गै) रुपको रहेका र ती मूर्तीहरुको घांटीमा एकप्रकारको हार, कम्मरमा पटुका, टाउकोमा बन्चरो जस्ता आकृतिको अस्त्र प्रदर्शित प्रतिमाहरु रहेका थिए । त्यस्ता मूर्तीहरुको सम्बन्धमा अधिकांश विद्वानहरुले मातृदेवीको प्रतिमा(मूर्ती) हो भनेर ब्याख्या गरी प्रमाणित गरिसकेका छन् । सो कुरोले त्यसबखत मातृदेवीको उपासनाको ठूलो महत्व दिएको थियो ।

मातृदेवीको उपासना गर्नुपर्ने अत्याधिक लोकप्रीयतामा पर्दै थियो । मानव सभ्यताको विकसित हुने क्षेत्र मानिएका सिन्धुघाटीका अतिरिक्त प्राचीन एशिया-माइनर, मोसोपोटामीया, मिस्र, सिरिया, साइरस, कीट, फिलिस्तीन आदि राष्ट्रहरुबाट समेत मूर्तीहरु प्राप्त भएको हो ।

रङ्ग-वर्णमा मातृदेवी
वैदिककालीन भारतवर्षमा मातृदेवी मातापृथ्वीलाई-‘अदिति’को नामबाट प्रसिद्धी थियो । सैन्धवकालिन सभ्यतामा समेत मातृदेवीको उपासना पद्धति थियो । त्यसकारण मातृदेवीको विभिन्न रुप-रङ्गमा वणर्न गरिएको विवरण शास्त्रहरुमा पाइन्छ । त्यसकालमा पाइएका नारीका केही मूर्तीहरुको वणर्नबाट आजको विजयादशमीमा बोकाबली प्रदान गर्ने, उत्सव मनाउने, प्रकृतिको रक्षात्मक भार-वहन गर्नुपर्ने, पशुपंक्षीहरुप्रति दया-भाव राख्नु पर्ने समेतको वणर्न चित्ररुपी शब्दमा भएको पाइन्छ ।

नारीको मातृत्व बोधक चित्रणका मूर्तीहरु, सांस्कृतिक परम्परा निर्वाहक, उत्पादन बुद्धिकारक, वानस्पतिजगत र सृष्टिका अविष्कारक युक्त चित्रणका मूर्तीहरु फेला परेको हो । ‘शीशुलाई स्तनपान गराई रहेको चित्रनका मूर्ती छन् । सैन्धवकालिन सो मूर्तीले प्रमाणित भएको हो-‘जननीको दैविकीकरण हुन् । मातृदेवी मानव लोक कल्याणकारक हो । मानवको पोषिका, पालिका गर्ने मातृदेवी नै हुन् ।

त्यसकारण जननी मानिएको हो’ भन्ने भेद खुलाइएको छ । अन्य समकालिन सभ्यताहरु संगको मूर्तीहरुसंग तुलना गर्दा सैन्धवकालिन मातृदेवीको मूर्तीहरु सम्पूणर् रुपमा वनस्पति जगतकोपनि देवी हुन् भने ठहर गरिएका छन् ।

त्यस कालखण्डमा भेटिएका मूर्तीहरुमा एउटा मूर्तीको चित्रणमा-‘एउटी नारीको गर्भबाट  रुख निस्की रहेको अवस्था प्रदर्शित भएको छ ।’ सो मूर्ती वानस्पतिक जगतकालागि सृष्टिकारिणी देवीको दैवीकारणको प्रमाणको अनुपम उदाहरणको रुपमा रहको कुरा मानिएको छ ।

दुर्गा-भगवत्तीका पुजामा कत्तै रोक छैन मद्य र बलि
सैन्धवकालिन मातृदेवी मात्र मानवीय जगत एवं वानस्पति जगतका सृष्टिकारणी अधीश्वरी नभएर पाशविक जगतकोपनि देवी थिइन । त्याहांबाट प्राप्त नारीको नाङ्गो चिन्ह अंकित चित्रमा ‘महिलाको खुट्टामाथि उठेर फराकिलो भएको, उनको उदरबाट एउटा झाड़ निस्किरहेको…! झाड़ निस्कनु भनेको उत्पादनशीलताको प्रतिक दैविक सम्बन्ध ब्यक्त गरेको हो, भने बोध हुन्छ !

यसको समानता ऋग्वैदिककालकी देवी-ऋग्वेदमा उल्लेखित‘अदिति’ संग गर्न सकिन्छ । अदितिलाई ‘पृथ्वी’ वा ‘भू’ अर्थात् भूमि मानिएको छ । सोही चिन्हित चित्रको पृष्ठभागमा ‘एउटा पुरुष हातमा दबिया(छुर्रा) लिएर उभिएको अवस्थामा छ । उनको अगाडी एउटी नारी आत्मसम्पणर्को स्थितिमा हातमाथि उठाएर बसेको अवस्थाको चित्र अंकित छ ।’

सम्भवतः यो चित्र बलिको द्योतक हुनुपर्दछ । सोही चित्रमा ‘एकस्थानमा एउटा पीपरको रुखकोबीचमा एकनारी दूबै हातबाट पीपरको दूबैतिरको हाँगा समाएर खडा छ । त्यसको सामुने तलतिर पुरुष एउटा बोका लिएर उभेका छन् । बोकालिएर उभेका व्यक्तिको पछाडि धेरै मानिसहरु छन् । उनीहरुको अर्को साइडमा अलि उकालो जस्तो ठाउँमा सातवटी महिला उभेकी हुन् ।

उनीहरुको अगाडिपनि एउटा बोका बांधिएको छ । महिलाहरु र बोकाको पछाडि ढोल आदि बाजा बजाएर नाच्दै गरेको सांकेतिक चिन्हपनि छन् ।’ देवी बन्दना परम्परामा बोकाबली प्रदान गर्ने परम्पराको बोधक चित्र हो त्यो भने बुझिनु पर्दछ । अचेल दशैंमा परम्परागत दुर्गापुजन हुने गरेकोमा त्यसकै अविकसित रुप हो त्यो भन्ने विद्वजनले ठहर गरेका हुन् ।

भारतको प्रान्तिय राजधानी बिहारको पटना स्थित ‘मुरुतुजागञ्ज’बाट समेत ढुङ्गामा कोरिएको चित्ररुपी पत्थरशिला भेटेको हो । ईशापूर्वको समयको सो ढुङ्गा शीलाचित्रमा चारैतिर मातृदेवीको आकृतिहरु रहेका छन् । साथै झाडीदार आकृतिहरुपनि कुदिएका छन् । सो शीलाचित्रलाई विज्ञहरुले उत्पादनशिलताकी देवी मानिएका हुन् ।

पांचाल नरेश ‘भद्रघोष’ले चलाएको मुद्रा-सिक्काको पुरै भगमा कमलासिन देवीको आकृति रहेकाले मुद्रामा चित्रित देवीलाई ‘भद्रा’ सम्बोधन गरिएको छ । त्यसैगरी तक्षशिलाको उत्खन्नमा प्राप्त मूर्तीहरुपनि मातृदेवीको मूर्ती रहेको पुष्टि भएका छन् । मौर्यकालीन भारतीय शासन व्यवस्थामा देवीउपासना गर्ने परम्परा विद्यमान रहेको तथ्य प्रमाणिक रुपमा उजागर भएको थियो ।

साथै ‘मेसोपोटामिया’ सभ्यतामा प्रचलित मातृदेवीहरुको प्रभाव हालका पटना र त्यसको सयौं किलोमीटर वारिपारीकोक्षत्रमा समेत परेको हुनुपर्ने विज्ञहरुले पहिला नै अनुमान गरी ठहर गरिसकेका छन् । प्राप्त भएका मूर्तीहरु मध्ये एउटा मूर्तीमा महिला-पुरुषको युगल मूर्तीबाट देवी-देवको सहचार्य प्रकाशमा आएका थिए ।

यस तथ्य-कथ्यहरुबाट ज्ञात हुन्छ ईशापूर्वकालको समयमा देवी उपासनाको परम्परा हिमालयदेखि समुद्री सतहीक्षेत्र सम्मको भू-भागमा थियो । यसमा हिमवत्खण्ड नैपाल(नेपाल),विदेह-मिथिला, कामरुप(असम-बङ्गाल),कलिंग(उडि़सा), वर्तमान बिहार, झारखण्ड आदिमा प्रमुखतासाथ देवी पुजन पद्धति विकसित थियो । यी कुराहरु ‘प्राचीन धर्म-दर्शन’ नामक साहित्यिक ग्रन्थमा भेटिन्छ ।

उल्लेखित क्षेत्रहरुमा देवी पुजन पद्धति दुईरुपमा हुन्थियो । एउटा विकराल रुपमा अर्को सौम्य उत्पादनशील देवीको रुपमा । विकराल रुपको उपासना-पुजन बलिद्वारा पूणर् गरिन्थियो भने उत्पादकताको पुजन आहुतिद्वारा । कृषि प्रकृतिलाई देवी स्वरुप मानेर कृषि-प्रकृतिजन्य वस्तुको रोपन र त्यसको चित्रण गरी पुजा उपासना गरिन्थियो ।

त्यसको प्रमाण हुन प्राचीन अवशेषहरुको उत्खन्नहरु गर्दा प्राप्त प्राचीन शीलालेख, ढुङ्गाचित्रमा मातृदेवीको चित्रण हुनु ! ढुङ्गाचित्र-मूर्तीहरुमा देवीको प्रतिमानका साथ झाड़-पात, रुख, बोट-बिरुवाको चित्रण संगसंगै हुनु । जीव-जन्तु, चरा-चुरुङ्गीको चित्रण भेटनु !

वर्तमान समयमापनि हामि दुर्गा-भगबत्तीको पुजा-आराधना गर्दा दशैंको शुरुवातमा घटस्थापन गर्दा घैंटोमा जल राखेर बालुवामा जमरा वीयु छरेर घटस्थापन गर्छौं । पशु-पंक्षीको बलि नदिनेहरुले ‘कुष्माण्ड’ एकप्रकारको लौकाको र बेल आदिको बलि दिन्छन् ।

यो उत्पादनशील मानवीय धरातलीय बस्तु र प्रकृति प्रतिको मोह र रक्षात्मक सन्तुलनका भारकालागि हुने प्रकृया हो भने बोध गराउं छन् । यो सात्विकताकोपनि प्रतिक र बोधक हो । जस्तै दैवीकशक्ति र देवीलाई खुशी पार्नका निमित्त नैतिकता विपरितको प्रकृयापनि हामि जीवहत्या-बलि प्रथाको कार्य गर्ने-गराउने गर्छौं । बस्तुतः अर्धआस्थाका आधारमा नै यो कार्य मानवद्वारा हुन्छ, भने बुझिनु पर्छ ।

त्यसकारण वर्तमानमापनि देवी-शक्तिको पुजन परम्पराको विधान बलिप्रदान गरेर समापन गर्ने परम्परा हाम्रो नेपाली-मिथिला समाजमा समेत कायम छ । देवीलाई प्रसन्न पार्ने नाममा कोही बोका, कोही राँगा, कोही ढुकुर-परेवा, कोही हाँस-बत्तक, कोही सुँगुर-बदेल, कोही कुष्माण्ड-कुम्हरको बलि दिएर सन्तुष्ट हुन्छन् । यी पशुबलि प्रथा निर्वहन गर्दा जानीनजानी हिंसात्मक परम्परा दिनानुदिन बढाउनमा मानव सहयोगी बन्दै गएका छन् । त्यसको वीयु हाम्रा सनातन साहित्यहरुमै अंकुरण भएको पाइन्छ ।

वर्तमान समयका सम्झदार मानिसहरु यसको बिरोध गरेपनि खासै असरकारी प्रभाव समाजिक स्तरमा नपरिरहेको अवस्था विद्यमान छ । शास्त्रका अनुबन्धित बलिप्रथाका कुरालाई आधार बनाएर अहिले २१औं शताब्दिका समाजपनि ती विकृतप्रथालाई अझै विकसित गरेर लग्दै गइरहेका छन् । नेपाल त्यसको ठूलो उदाहरण हो । जहां आस्थाका नाममा सार्वाधिक पशुबध हुन्छ ।

दशैंमा रांगा, बदेल,बोका, जस्ता पशुलाई बलि दिएर् विकृत प्रथालाई सांस्कृतिक अनुष्ठानसंग गाँसेर लाने गरेका छन् । त्यसकारण समाज विकासका साथ-साथै विनाशक बाटो तिरपनि मानव समाज तिब्रतासाथ अख्तियार गर्दै गइरहेका छन् तर यसको बोध भने नभएको जस्तो अवस्था छ । शास्त्रले भनेको कुरामा समय सापेक्ष सही कुरोलाई स्वीकार गरी जाने र गल्तलाई त्याग गर्नुपर्ने सन्देशपनि भेटिन्छ । त्यस विषयमा हामि थोरै अमल गर्छौं, त्यस विषयमा अध्ययनपनि गर्न रुचाउंदैनौ, ठूलो बिडम्बना योपनि हो ।

ईशापूर्व १५००-१००० वर्ष पूर्वको वैदिकयुगमा दैवीक शक्ति पुजालाई नयाँरुप धारण गराउने क्रिया गर्‍यो । त्यस बखतका पहिलो ग्रन्थ-वेद ‘ऋग्वेद’मा अनेक देवीको नाम आएको छ । ‘उषा’, ‘अदिति’ आदि नाम गरेको देवीको वणर्न प्राथमिकतामा छ । उषालाई ‘देवानाम’ माता भनिएको छ । कतै-कतै स्वर्गकी छोरीपनि भनिएको छ, ऋग्वेदमा ! अदिति तथा ‘दक्ष’ देवलाई संसारभरिको आमा-बाबु मानिएको छ ।

कतिपय प्रसंगमा दक्षको उत्पति अदितिबाट र अदितिको दक्षबाट भएको भन्ने कुरापनि उल्लेख गरिएकोछ । जे जस्ता प्रसंग होस् तर सो प्रसंगहरुले एउटा गांठै कुरा के बुझ्नु पर्दछ भने सो बेलासम्म शक्तिपुजाको परम्परा भएको थिएन ! मात्र, उपसना गर्ने पद्धतिको विकास हुंदै गएको थियो तर, ब्यापकरुपमा शक्ति उपासना स्थापित भइनसकेको थियो ।

यद्यपि सोको वीयु रोपन भने अवश्य भएको थियो । वैदिकाकालमा देवी उपासना प्रचलनमा आयो र उत्तर वैदिक–काल (ई.पू.१०००-६००) मा अत्याधिक विकसित भयो । द्वापरयुगको महाभारतकाल पछि शक्ति उपासना पुजा पद्धतिको रुपमा विकसित हुन थाल्यो । साथै ‘तन्त्र-मन्त्र’, ‘टूना-मुना’ ‘डाकिन-हाकिन’को प्रचलनपनि समाजमा हुन थाल्यो ।

महाभारत कि देवी अम्बा अम्बिका
महाभारतमा ‘अम्बा’, ‘अम्बिका’को चर्चा आएको छ । ‘बाजसनेयी संहिता’मा अम्बालाई ‘रुद्र’को बहिनी हुन भनेका छन् । रुद्र अनादिकालका आराध्य देव शीवको एक नाम हो । संहितामा अम्बिकाको साथमा पुजनमा दिएको भागलाई अम्बाले ग्रहण गर्नुपर्ने भनिएको छ । यस प्रसंगको आधारमा रुद्रकोसाथ अम्बिकाको पुजा गर्ने कार्य हुन्थियो भन्ने कुरा पुष्टि हुन्छ ।

यो आर्य-अनार्य बीचको एकताकालागि यसो गरेका हुनुपर्छ । आर्य-अनार्य संस्कृतिबीच तारतम्यता स्थापित भएपछि अनार्य संस्कृतिबाट देवी उपासना आर्य संस्कृतिमा समावेसी स्वीकार्य भएपछि आर्यहरुले देवी उपासनालाई देवीपुजाको रुपमा आफ्नो संस्कृतिमा गाभेर शक्ति उपासना देवी-दुर्गा, भगबत्तीको पुजन पद्धतिमा रुपान्त्रित गरी आफ्नो सांस्कृतिक पहिचान बनाउने कार्य गरें । जो बर्तमान समाज सामु हालसम्म सोही रुपमै करीब करीब कायम छ ।

महाभारतकालका समाज इच्छापूर्तिकालागि दुर्गा-देवीको आराधना र अर्चना गर्दथिए । सोही कालमा दुर्गाको आराधना-‘कुमारी, काली, कराली, कपाली, महाकाली, चण्डी, कत्यायनी, विजया, कौशकी, उमा, कान्तारवासिनी आदि नामबाट सम्बोधन नारीशक्तिलाई हुन थाल्यो । महाभारतको अध्याय-६को बिराटपर्वमा युधिष्ठिरद्वारा देवीस्तुति गरेको प्रसंग छ ।

सो स्तुतिमा दुर्गाको महिषासूर मर्दनी एवं सूरा, मासु, एवं पशुलाई अनुरक्त बताइएको छ । देवी दुर्गाको जन्म यशोधाको गर्भबाट भएको भनिएको छ । शीशु अवस्थामा कंसले दुर्गालाई ढुङ्गामाथि बज्र प्रहार गरेझै मार्ने कार्य गरें । त्यस बखत उझिटिएर दुर्गा आकास तिर लागिन र बाँचिन् । स्थायी रुपमा बिंध्यावासीनी भइन ।

विध्याचल पर्वतमा निवास गर्न थालेकीले दुर्गाको अर्को एकनाम विंद्यावासनीदेवी पनि रहन गएको हो । दुर्गा नारायण की परमप्रिया र वासुदेव की भागिनी(भान्जी) रहेकोपनि उल्लेख भेटिन्छ । महाभारतको भिष्मपर्वमा ‘अर्जुण’ले तथा बिराटपर्वमा ‘युधिष्ठिर’ले ‘दुर्गास्त्रोत’को प्रयोग गरेंका थिए । सो कथावणर्न चौथो शताब्दिको समयको हो । यसमापनि देवीको वासस्थान बिंध्य प्रदेस तथा प्रसन्न गर्ने साधन-सामग्री प्रयोगमा मदिरा, मासु र बलि दिनुपर्ने बताइएको छ ।

‘तैत्तिरीय आरण्यक’
‘तैत्तिरीय आरण्यक’मा ‘रुद्र’लाई ‘उमापति’ सम्बोधन गरिएको छ । ‘अम्बिका’संग उनको विवाह भएको प्रसंग उल्लेख छ । ‘उमा’ र ‘अम्बिका’ एउटै वैदिक नारी रहेको र उनका पतिदेव ‘रुद्र’-शीव रहेको बोध हुन्छ । पछिको समयमा दुर्गा, काली, कराली, कत्यायनी, सरस्वती, वेदमाता चण्डसमाताको नामबाट बिख्यात भए, यी सबै शीव पत्नीको रुपमा, विभिन्न दैवीय देवीको रुपमा पुजीत हुन् ।

विभिन्न रुपका देवीलाई शीवसंग जोड्ने बारे उल्लेख सनातनी महाकाव्यहरुमा बणर्ित छ । महाभारत कथा अनुसार शीव पत्नी क्रोधवस विकरालरुप धारण गरीन । पछि विकरालरुपी नारीशक्तिका परिचायक देवीको अर्को नाम ‘महाकाली’ राख्यो । त्यसपछि शीव सोही भयानक कृतिलाई आफ्नो आँखाबाट हेर्नकालागि आफ्ना मूँखबाट ‘भद्रकाली’ उत्पन्न गरें ।

विभिन्न मातृशक्तिलाई समन्वित रुपमा गर्न महान मातृदेवीको रुपमा सबैलाई शीवले सम्माहित गरें । तर यसलाई शास्त्र रचियताहरुले ‘शंकर’संग सम्माहित गरिदिएको ब्याख्या पाइन्छ । अब शीवको अर्को नाम शंकरको रुपमापनि आयो । जबकी शीवजनपथ थियो, शंकर वणर् आधारित पात्रबोधक मात्र थिए । आर्यहरुले यसमापनि षडयन्त्र गर्‍यो । यसरी ‘रुद्र’ बाट‘शीव’, शीवबाट ‘शंकर’को रुपमा महादेवको चिनारी बन्न गएको हो ।

हरिवंश पुराण
हरिवंश पुराणमा भगवत्ती दुर्गाको जन्म तथा उनको पुजनका विषयमा वणर्न भेटिन्छ । यही पुराणको ३२-३६ र त्यसपछिका श्लोकहरुमा पनि सो कुरोको वणर्न छ । ती श्लोकहरुबाट यो पनि ज्ञात हुन्छन्-‘नारायण बिष्णु पाताललोक जानु भएको थियो । कालरुपिणी निद्रामा ‘यशोदा’की छोरीको रुपमा जन्मलिनलाई बिष्णुले भनेका थिए ।

आर्य कल्पनाका अवतारित देव बिष्णुले ‘कौशकी’को नामबाट अवतरित हुने तथा विध्याचल पर्वतमा स्थायीरुपमा निवास गर्ने देवी हुने भनेका थिए । साथै ‘शुम्भ’,‘निशुम्भ’को वध गर्ने क्षमताबाली एवं पशुबलीबाट पुजित हुने बाली हुनेछ ।

यसै पुराणमा दुर्गालाई (आया) भनेर स्तुति गरिएको छ । दुर्गा-देवीलाई सुरा, मासु, अनुरक्त, शबर, पुलिन्द, बार्बर सहित वन्यजातिहरुको अधिष्ठात्री देवीको रुपमा वणर्न गरिएको छ । हरिवंश पुराणको आधारमापनि मातृदेवी पुजन पद्धति परिवर्तित रुप दुर्गा पुजनोत्सव जनजातिय परम्परागत पुजनोत्सव हो !

मार्कडेय पुराण
‘मार्कण्डेय पुराण’को रचनाकालमा दुर्गालाई प्रचण्ड तेजवान, शक्ति सम्पन्न देवीको रुपमा अधिष्ठित भइसकेका थिइन । मार्कण्डेय पुराणको अध्याय ३२मा दुर्गालाई ‘महिषसुरमर्दिनी’देवीको रुपमा वणर्न गरिएको छ । साथै शीव, बिष्णु, ब्रह्मदेव एवं विभिन्न देउताहरुको प्रचण्ड तेजोबलबाट उत्पादित देवी भनिएको छ । दुर्गालाई ‘चण्डी’ र ‘अम्बिका’ नामबाटपनि सम्बोधन यस पुराणमा गरिएको छ ।

गुप्त साम्राज्यकालीन भारतमा स्कन्दगुप्तको बिहार स्तम्भलेखमापनि मातृदेवीहरुको नाम उल्लेख छन् । त्यसमा प्रमुखरुपमा-‘ब्राह्मी, महिश्वरी, कौमारी, बैष्णवी, महेन्द्री, चामुण्डा, बराहीको नामोल्लेख छ । यी सात देवीलाई सप्तमातृका देवी भनिएको छ ।

आर्यकालका देउताहरुको शक्तिबाट नै मातृदेवीहरुको स्थिति कायम गरिएको भन्ने कुरा ‘मार्कण्डेय पुराण’को चण्डी महात्ममा पनि स्वीकारिएको छ । यी देवीहरु मध्ये केही आर्य र केही द्रबिड उत्पतिकी हुन । ब्राह्मी, महेश्वरी, बैष्णवी आदि नामबाटै थाह हुन्छन् यीनीहरु आर्य देवी हुन् । जो आर्यदेवहरुकै शक्तिहरुका प्रतिक हुन् । दुर्गा, त्यही शक्तिहरुको प्रतिक प्रमुख प्रतिनिधित्वकर्ता पात्र मान्नु पर्दछन् ।

आर्य देवी दुर्गा-आर्यहरुपछि परिरहेको अवस्थामा आर्य शक्तिमान हुन, आर्यदेवहरुको शक्तिलाई प्रदर्शित गर्न, अनार्यहरुलाई प्रभावमा पार्न देवीशक्तिलाई अगाडि बढाईएको हुनुपर्छ । जसरी हामि पुरुषहरु जति कर्मठ, वीर-बलवान भएपनि कत्तै-कुनै द्वन्द-संघर्षको ठाउँमा आफू अगाडि बढ्न नसक्ने स्थानमा रणनीतिक रुपमा आफूपछि रहेर महिलालाई अगि बढाउंने, सार्ने कार्य गर्छौं त्यसैगरी आर्यदेव, आर्य आचार्यहरुले गरेका होलान् भन्ने बुझ्नु पर्दछन् ।

यसमा मथि उल्लेखित नामको देवीको अस्तित्व दुईरुपमा सामुने आएको थियो । नारीको एउटा वीभत्स रुप र अर्को सौम्य रुप ! यी दूबैप्रति विश्वासको चरमता प्राप्त हुंदै गयो । ‘वीभत्सा आर्य आकर्षण र बर्चश्ववादका प्रतिक र सौम्यता अनार्य आस्थाका प्रतिक बन्यो’ भने बुझिनु पर्दछ । देवीदुर्गाको कल्पणात्मक कथानक देउताहरुको समन्वयात्मक शक्तिको प्रतिक हो ।

सोको उल्लेख पुराण-साहित्यहरुमा भएकोछ । सूक्षम रुपमा अध्ययन बिश्लेषण गर्दा उचित ठहरिन्छ । त्यसकारण पुराणहरुको कथनलाई सतप्रतिशत सत्य मान्नेहरुको गहन धार्मिक भावना र आस्था जागृत हुँदै गएको खण्डमा समाजले वर्तमानसम्म मानिएका कुरा नै मान्दै आएका छन्, जान्ने-बुझ्ने प्रयास खासै गर्दैन् । त्यसकारण मातृदेवीको उपासना, पुजनपद्धति, दुर्गा-भगबत्तीको भक्ति पुजामा, प्रकृति प्रतिक पुजा देवी पुजा र दुर्गापुजामा परिणत भएको हामि पाउंछौं ।

यो अकारण भएको होइन होला ! योजनाबद्ध ढङ्गले पण्डितायी, पुरोहितायी ब्यवस्थालाई व्यवस्थित रुपमा व्यवसायिक बनाउने तथा धार्मिक जनआस्थाका आधारमा एउटै छात्तामुनि राख्न प्रयास तत्कालिक समयमा धर्मभिरुहरुबाट भएको होला भन्ने मान्नु पर्दछ ।

सारमा भन्नु पर्दा...सन्धुघाटी ‘हड़पा सभ्यता’का प्राचीन तथ्य बृटिशकालिन भारतमा रेल्वे लाइन विस्तार गर्ने क्रममा सन् १९२१मा ‘मोहन जोदड़ो’ (हाल पाकिस्तानमा पर्नेक्षेत्र)को उत्खन्नबाट संसार समक्ष आउन प्रारम्भ भएको थियो । ईशापूर्व २८००-२५००को सिन्धुघाटीको सभ्यताको साक्ष्यहरु उत्खन्नबाट प्रमाणिक रुपमा आयो र संसार चकित भए ।

मोहन जोदड़ोबाट प्राप्त भएका मूर्तीहरु मध्ये मातृदेवीको मूर्तीपनि फेला पर्‍यो । ‘महिलाको टाउकोमाथि एउटा चरा प्वांख फैलाएर बसेको चित्र प्रदर्शित भयो । मातृदेवीको केहींमूर्ती चित्रमा पशुहरुसाथका चित्रहरुपनि भेटिएकाले मातृदेवी, पृथ्वी, वानस्पति,पशु-पंक्षी,(चरा-चुरंगी) हरुकोपनि अधीश्वरी रुपको परिचय खुलाएर त्यसको साक्षी प्रमाण दिइएको कुरा विश्वसामु छर्लङ्ग भएका थिए ।

उल्लेखित तथ्यहरुबाट के पुष्टि हुन्छ भने, सृष्टिको आदि शक्ति ‘सैन्धवकाल’मा मातृदेवीको रुपमा पुजनीय भयो । र, शक्तिको उपासना मातृदेवीको रुपमा अनादिकालदेखिको प्रचलन जो थियो त्यसमा मानवीय जगतको साथ-साथै वानस्पतिक एवं पाशविक जगतको सृष्टि कारणी एवं अधीश्वरी देवीको रुपमा समेत सर्वस्वीकार्य गरिएको थियो ।

नारीतत्वको उपासनापनि सैन्धवकालमा प्रचलनमा आएको थियो । परम नारी-पुरुषको युग्म उपासनाको साथ-साथै सिन्धुघाटी निवासीहरु लिंग र योनिलाई प्रतिकात्मक माने ! सृष्टि निर्माणको आधार यी नै विषय रहेको छ भने बोध गराउन सफल्ता सो समयमा नै प्राप्त गर्‍यो । उनीहरुले त्यसको प्रतिकात्मक उपासना गर्दथिए । लिंग र योनिको प्रतिकात्मक उपासनालाई ईश्वरको सृजनात्मक शक्ति मान्द थिए ।

‘भगवान’ तथा ‘भगबत्ती’ शब्दको ब्युउत्पतिपनि यसै सन्दर्भमा भएको भनि मान्यतापनि छ । ‘भग’ अर्थात योनि, वान अर्थात लिंग । जसरी तिर-वानले लक्ष्यकेन्द्रित स्थानमा हानिन्छ त्यसैगरी नारीलाई आराधना गरेर ‘भग’मा ‘वान’ हान्नु पर्दछ अर्थात योनीमा लिंग  समायोजन गर्नुपर्छ सिद्धान्त प्रतिपादन गरें । अनि जीवन-जगत सुमधुर सौन्दर्यमय, सुन्दर हुन्छ ।

भोगवानीले मनप्रसन्न र सृष्टि चलायमान हुन्छन् भने बोध उनिहरुले गरेका थिए । सोही सिद्धान्तपछिका दिनहरुमा गएर प्रतिपादन भएको हो भने कुरा साहित्यिक अध्ययनबाट पुष्टि हुन्छ । भगबतीको अर्थपनि सेम छ, फरक यतीको मात्र हो ‘भगबत्ती’ शब्द मिथिला सांस्कृतिक सभ्यताबाट उत्पन्न भएको हो । यसमा भगलाई योनि र लिंगलाई‘बत्ती’ मानेको छ ।

शक्तिस्वरुपा देवी-नारीलाई भगबत्ती सम्बोधन आठौ शताब्दिदेखि सार्वाधिक प्रचलनमा आएको हो । सृष्टि र शक्तिको उपासनाको प्रारम्भ यसै कुरोको धरातलीय आधारमा सैन्धवकालीन प्रमाणित भएको छ । यसको पुष्टि भारतीय विद्वान डा.रामाशंकर त्रिपाठी रचित ‘प्राचीन भारत’ नामक पुस्तकमापनि स्वीकार गरिएको तथ्यबाट हुन्छ ।

मातृदेवी नै शक्ति स्वरुपा हुन् ,मातुदेवीको उपासना शक्तिको उपासना हो ! शक्तिकी देवीको रुपमा हाल दुर्गा, भवानी, भगबत्ती, जगदम्बा आदि अनेक नामबाट हामि पुजा आराधना विशेषगरी दशैंताको बेला अनिवार्य गर्छौं । यो त्यहीं प्राचीन मातृदेवी, शक्ति उपासनाको प्रतिकात्मक प्रारुप हो । फरक मात्र यती छ—‘अचेल हामिले प्रतिकात्मक प्रारुपलाई कल्पणाशीलताको आधारमा वैदिक र उत्तरवैदिक कालकी ती देवीहरुको स्वरुप कायम गरी, प्रतिमा पुजनको रुपमापनि पुजनपद्धति विकसित गरी सकेको छौं ।’

दुर्गाको स्वरुप यस्तै थिए, कालीको यस्तै थियो भने सिद्धान्त मापण गरेका छौं । साथै कल्पीत चित्रण र दुर्गा-भगबत्तीको प्रतिमा खडा गरेर सोहीलाई शक्तिको देवी मानेर पुजा-प्रार्थना गर्ने चलन बिकसितगरी चलाएमान प्रथा बनाएका छौं । तर, असलमा मातृशक्ति, जननी, जन्मभूमिको पुजन पद्धतिबाट हामि अल्गिन पुगेका छौं । जन्मदातृ देवी-‘आमा’,शक्तिका प्रतिक-‘बुवा’लाई श्रद्धा-आस्था र विश्वासकासाथ पुजन बन्दन गर्नुपर्ने प्रमुख दायित्व हुनु पर्छ ।

जननी, जन्मभूमि, कर्मभूमिप्रतिको ऋृणात्मक भार वहन त्यसपछि हुन्छ ।तर, सो दायित्व बहनपनि इमान्दारितासाथ गर्दैनौं, बिडम्बना यो पनि छ । आधुनिक कहलिएका समाज, संस्कृति त्यसकारण अधिक बिकृत तर्फ बढ्दै गएको हो । हामि आफ्नो आमा-बुवा(जननी)लाई मान-सम्मान मात्र होइन साच्चिकै देवी-देउता हो भनेझै पुजा नै गर्नु पर्दछ । उनीहरु नभएको भए हामि सन्तानको अस्तित्व कहांबाट आउने थियो होला ! विचारनीय पक्ष यो होइन र ?

जन्म र कर्मथलोलाई किमार्थ बिर्सनु हुंदैन ! समाजप्रतिको दायित्व बोध हामिमा हुनैपर्छ !! राष्ट्रप्रतिको कर्तव्यनिष्ठापूर्व पालन गर्नैपर्छ !!! यी केही कुरा बिर्सन्छौं भने स्वर्गिक आनन्द त’ पर जाओस ; नार्किक जीवन अनु्भूति गर्न लायकापनि हामि रहंदैनौ । जीवन भएपनि, जीवित रहेंपनि, निर्जीव सरह नै रहन्छौ !

सम्भवतः त्यसैकारण मातृऋण, पृतुऋण, गुरु ऋण, पुत्रऋण, जन्मभूमिबाट उतिर्ण हुन अनेक पुरोहितायी व्यवस्था अनुसारको कृया गर्दछौं, आत्मशान्तिकालागि ! तर, ती ठगविद्याको सत्य थाह भएपछि फेरी पछुता हुन्छ र मानव भित्रबाट अशान्त नै रहन्छन् । त्यसका लागि भनेक हौं आमा, बाबु, गुरुजन, श्रेष्ठजन, श्रीमान्-श्रीमति, दाज्यु-भाई, दीदी-बहिनी सबैप्रतिको दायित्व निर्वाह इमान्दारीसाथ गर्नुपर्दछ । ‘सर्वजन हिताय सर्वजन सुखाय’को मूल सिद्धान्तलाई गाँठ बाधेर जीवनपथमा हिड्नु पर्दछ ।

यसकालागि मानवले छलकपट त्यागेर सत्यचरित्र र नैतिक सबलताकासाथ जीवन जीउने कलाको विकास आफैले आफैमा विकसित गर्दै जानुपर्दछ । त्यहीं बाटो नै सबैकालागि र सधैंकालागि सार्थक,सहज र बोधगम्य हुनेछन् । राष्ट्रको विकास र समाजको गतिमति यसैबाट उभो लाग्ने हो भने कुरा बुझिनु पर्दछ । दुर्गाचित्रःअजित साह, अरु नागवंशी

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Maithili Kalakar
राज्यसिनेहस’ उपेक्षित मैथिली सिनेकलाकारसभ सम्मानित
२०८० असार ३१, आईतवार ११:३४
सीमाञ्चल समदिया
simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
simanchal.com
पाँचसय वर्ष पुराण मिथिला परिक्रमा-यात्रा मटिहानी पुंगल
२०७९ फाल्गुन ११, बिहीबार २०:१९
सीमाञ्चल समदिया
simanchal.com
साहित्यकारसभाके वार्षिक उत्सवमे विभिन्न श्रष्टा सम्मानित
२०७९ माघ ७, शनिबार २२:०४
सीमाञ्चल समदिया
भूत आ कालके भगाबबाला लोकोत्सव एवं चन्द्रग्रहण आइ
२०७९ कार्तिक २२, मंगलवार १२:०२
सीमाञ्चल समदिया