अस्पताल पुर्याउन ढिलाइ गर्दा कैलालीमा एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । जिल्लाको उपमहानगरपालिका ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पको डसाइबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डसेको थियो । समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
‘साँझ ६ बजे सर्पले टोकेको हो । राति १ः३० मा अस्पताल ल्याएको जानकारी पाएका छौँ,’ उनले भने, ‘अस्पतालले मृत घोषणा गर्यो ।’
प्रतिक्रिया