लोकआस्थाको केन्द्र बहुप्रसिद्ध स्थल कारीख स्थान परौल

२०७८ बैशाख १७, शुक्रबार १३:५८
सीमाञ्चल समदिया

  • 136
    Shares

सीमाञ्चल समदिया,
जनकपुरधाम । मिथिलाक्षेत्रका वासी अधिकांश सात्विक र तात्विक बिश्लेषण गरी विभिन्न धर्मरण्सम्प्रदायीक पथ-पन्थ अंगालेर हिडेपनि बैदिक धर्म भन्दा आफ्ना मौलिक लोक धर्मनै मान्ने गरेकाले यसक्षेत्रकावासीको पहिचान पनि पृथक रुपमा नै संसार सामु रहेका छन् ।

मिथिलाक्षेत्रको केन्द्रभूमि जनकपुरधामको वरिपरी पाँचकोस भित्रकाक्षेत्र बैष्णव सम्प्रदायले भरिएको रह्यो । प्राणिबद्धलाई कहिलेपनि स्थान दिने काम बिगतमा भएन । पछिका कालक्रममा जनकपुरक्षेत्रको पञ्चकोसीक्षेत्र बाहिर काटमार र बलि प्रदानक्षेत्रको रुपमा छुट्टै स्थान कायम भयो । पछि गएर विभिन्न देवी देउताको नामले प्रसिद्ध भयो । जो लोकधर्म बन्यो सोको परिपालन वर्तमान समाजपनि आस्था र विश्वासका साथ गर्दै आएका छन् ।

जनकपुरक्षेत्रकै चौहदी भित्र तर पञ्चकोसी एरिया भन्दा बाहिर एक बहुप्रसिद्ध स्थान छ कारीख स्थान । यसको महिमा गरिमा र पुजन पद्धति आफ्नै प्रकारको छ । बैष्णदेव भएपनि बलि प्रदान हुने र काटमार स्थलको रुपमा सो क्षेत्रको ऐतिहासिक पहिचान बनेको छ ।

परौल स्थान पुग्ने बाटो
तराईक्षेत्रका महोत्तरी जिलाको साविक परौल गा.वि.स.को वडा नं.३ र वर्तमान बलवा नगर पालिका अन्तर्गत प्रचीनकाल देखिको एउटा प्रसिद्ध लोकदेउता कारीख महराजको स्थल रहेका छन् । परौल स्थान र कारिक महराजको थान भनि चिनिने परौल स्थान कुनै समयमा परौल राज्य नै थियो ।

धनुषा जिल्ला सदर मुकाम जनकपुरधामदेखि पछिम करिब १० किलो मीटर जतिको दूरीमा परौलस्थान पर्दछ । जनकपुरधामबाट बिसपिट्टी, भ्रमरपुरा,भगवानपुर, बदिया-बन्चौरी हुँदै परौल स्थानमा पुगिन्छ ।

महोत्तरी सदरमुकाम जलेश्वरबाट उत्तर-पश्चिममा करिब बीसकिलो मीटरको दूरीमा परौल पर्दछ । नीजी बाहन, टेम्पु, सार्वजनिक वस, टे्रक्टर,ट्रक आदि साधनबाट परौलस्थान मज्जाले पुग्न सकिन्छ ।

जलेश्वबाट मुख्यरुपमा दुईटा बाटो परौललाई छोइन्छ । एउटा बाटो परिक्रमा सड़कको बाटो हुंदै जलेश्वरबाट बज्रराही, रतबारा, मड़ै, हर्रि-गोरिगम्मा हुँदै परौल पुगिन्छ । अर्को जलेश्वर-बर्दिबास सड़कखण्ड अन्तर्गतकोबाटो भएरपनि परौलस्थान कारिख महराजको दर्शन गर्न पुग्न सकिन्छ । जलेश्वरबाट पश्चिम बथनाहा अनकार चौकदेखि उत्तर हुँदै बदिया,जाउख सरपल्लो चौकमा पुग्नु पर्छ ।

त्याहांदेखि चार किलोमीटरको दूरीमा परौल स्थान छ । जानलाई सरपल्लो चौकदेखि पूर्वतिर लाग्नु पर्छ । रातु नदिको पुल पार गरिसकेपछि बलवा बजारमा पुग्नु पर्छ । बलवाबजारदेखि फेरी पूर्वतिर जांदै गर्दा परौलचौक र त्यसपछि कारिख स्थानमा पुगिन्छ । जानलाई जुनसुकै बाटो भएरजान सकिन्छ पक्की पीचबाटो नै अब हालसालै निर्माण भएको छ ।

परौलको कारीख स्थानमा भौतिक संरचना
परौलमा कारीख स्थानमा एउटा बिशाल पोखरी छ । त्यस पोखरीको पश्चिम किनारमा दुईटा विशाल र अति पुराना मोटो र अग्लो दुईटा देवबृक्ष पीपर तथा पाखुरीको रुख छ । त्यही रुखमुनि कारीख महराजको समान्य आकारका गहबर (मन्दिर)छ । जो बर्तमानमा पक्की बनाई दिएका छन् ।

पहिला खडको छाना भएको स्यानो गहवर थियो । करिब एककट्ठा क्षेत्रफलमा रहेको रुख र गहबरलाई पक्की पर्खाल बनाएर घेरिएका छन् । सो पर्खाल २०५६ सालमा महोत्तरी ब्रजराहीका राजु झाले आफ्नो खर्चमा निर्माण गराएका थिए । मूलगहवर संगै दक्षिण तिर यात्रुहरुका लागि मिथिलानगरि जनकपुरधाम मुजेलिया निवासी समाजसेवी रामस्वरुप साहले एउटा धर्मशाला निर्माण गराएका थिए ।

सो धर्मशालाको दक्षिणमा महोत्तरी गोनरपुरा गाउँका जितु साह सूडीले २०५५ सालमा अर्को एउटा धर्मशाला निर्माण गराइ दिएका थिए । कारीख स्थानको आम्दानीबाट त्याहां अर्को धर्मशाला पनि तयार भएको छ ।

बलवा नगर पालिका कायम भएपछि प्रथम नगरप्रमुख बिनोदकुमार यादवले परौल स्थानमा विशेष ध्यान केन्द्रित गरी विकासका कार्यहरुद्वारा परौल स्थानको मुहान नै फेर्नेगरी प्रशंसनीय काम गर्नु भएका हुन् । मन्दिर अगाडिको पोखरिमा पक्की घाट निर्माण, मन्दिर र पोखरि सहितका क्षेत्रफल करिब पाँचबिघा जतिमा कम्पाउण्डवाल, प्रवेशद्वार, पुरानो धर्मशालाका ठाउँमा नयां नयां धर्मशाला र आधुनिक सुविधायुक्त धर्मशाला समेत निर्माण गरी गराई दिनु भएका हुन् ।

नगर विकासमा बलवा नपा परेपछि प्रसिद्ध कारीख स्थानको मुहान फर्ने नौलो योजना नै मेयर यादवले ल्याएर नवस्वरुप कायम गर्न तल्लीन रहेका छन् । पोखरीको चारैतिर बस्नलाई पक्की पल्स्तर गरिएका बैठक स्थल, खानेपानीको व्यवस्थापन र बृक्षारोपन कार्य समेत मेयर यादवको प्रयासले बलवा नपाबाट भएकोछ ।

सप्ताहमा सबालाख मानिसको दर्शन
सप्ताहमा एक सबालाख मानिस कारीख महराजको दर्शन पुजन गर्न र भाकल गरेकाहरु खसी-बोका,हाास परेबाको बलि प्रदान गर्न त्यां पुग्ने गर्छन् । बलि प्रदान गरेको पशुको मासु त्यहीं परौल-कारीक स्थानक्षेत्र भित्रै पकाएर खाएर फर्किनु पर्ने बाध्यता हुन्छ । त्याहां चढाइएका प्रसाद रुपी पशुको मासु अन्यत्र लाने पाउने नीयम छैन् । कसैले लग्यो भने अनिष्ट हुन्छ भने लोक मानसमा भय कायम छ ।

त्यसकारण पकाएर त्यहीं खाने र खान नसकेमा सोही स्थानक्षेत्र भित्र खाडलमा पुरिदिनु पर्ने प्रथा यथावत् छ । यसकालागि मन्दिर वरीपरी बांसका कच्ची फूसको घरहरु, खपडाको छाना भएको खपडैल घरहरु, जस्तापाता राखेका घरहरु र इंटाका पक्कीघरहरु समेत उचित भाडामा उपलब्द्ध हुन्छ । त्यो मोलमोलाहि गरेर वास बस्नुपर्ने हुन्छ, नत्र ठगिने मानिसकोपनि कमि भने त्याहां हुंदैन ।

खानपान, आवास वास, पुजन सामग्री, मेवा मिष्ठान सबैथोक त्याहां सहजरुपमा उपलब्द्ध हुन्छ । तर, बैरागनको दिनमा मात्र । अरुदिनमा अत्यन्त न्युन पसलहरु खुलेका हुन्छन् । पुष, चैत्र, भदौं महिना बाहेक प्रत्येक महिनामा सतामा दुई दिन सोमवार र शुक्रवारको दिन वैरागन पर्छ । वैरागनकै दिनमा बली प्रदान हुन्छ । गहवरको पट पुजाकालागि खोलिन्छ तथा श्रद्धालुहरुले प्रसाद, फूल चढाई पुजा प्रार्थना गर्छन् । दशैं अवधिभरि समेत चढौना बर्जित हुन्छन् ।

कारीख महराजको स्थान चयन
लोक देउता कारीख महराजको परौल स्थान नै मूल गहबर(मन्दिर) विद्यमान छ । बूढापाखाहरुले लोककण्ठमा कारीख महराजको अनेकन किंबदन्ती कथाहरु सुरक्षित राखेका छन् । त्यसको आधारमा -‘राज सरैसाका निवासी बेनी राउत नामका ब्यक्ति कारीख महराजका छड़ीदार थिए । राज सरैसामा उपद्रव भएपछि कारीख महराजको सल्लाह अनुसार उनी सरैसाबाट सरेर आए र कारीख महराजको जन्मथलो वन-पीहपीमा अवस्थित राज परौलमा बस्न पुंगेका थिए ।

उनले नै परौल स्थानमा कारीख महराजको झूप्रीनुमा गहवर बनाएर पुजा आजाको थालनी गरेंका थिए । त्यपछि बेनी राउतकै सन्तति कारीख महराजको पुजारी भएर सेवा गर्न थालेको इतिहास छ । पुजा पाठमा के कति रकम खर्च हुन्छन् र कति आम्दानी हुन्छ कोहि सोध खोज गर्ने थिएन ।

२०१७ सालमा गहवरको व्यवस्थापन तत्कालिन गाउँ पञ्चायत अधिनमा ल्याइयो । २०४६ सालको राजनीतिक परिवर्तन पछि देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो । मूलरुपमा लाखौं आम्दानी हुने परौल स्थानमा आर्थिक अपरादर्शिताका कारण बराबर हुल हुज्जत र आपसमा मारामार हुन्थियो । मूल पुजारीनै सबै आय आप्mनो खल्तीमा राख्ने गर्थिए । त्यसपछि २०५१सालमा परौल गाविसको सक्रियतामा नयां व्यवस्था कायम गरियो ।

निकै विबाद पछि महोत्तरीका एसपी, सिडियो सहितको उपस्थितीमा निकै हो हल्ला र बाद बिवादपछि नयां व्यवस्थापन समिति कायम भएको थियो । सो समयमा संजोगवस पंक्तिकार-लेखक (उपेन्द्रभगत नागवंशी)पनि सो समय रिपोटिङ्गकालागि परौल पुंगेको थिए ।

आर्थिक पारदर्शिताकालागि सो समयमा पहिलाका पुजारी भौचन भगताका जेष्ठपुत्र असर्फी भगताका जेष्ठ सन्तान सोबिन्द्र भगतालाई मात्र गहवरको एकमात्र पुजारीको रुपमा चयन गरियो । उनले नै जिम्मेवारी पाए अनुसार कारीख स्थानको पुजापाठ सञ्चालन गर्न गराउन थाले । २०५६ सालमा गाउँ विकास समितिको सक्रियतामा विधिवत् गहवर ब्यवस्थापन समिति गठन गरियो ।

त्यसपछि आर्थिक अवस्थामा सुधार र केही हद्सम्म पारदर्शिता समेत हुन थाल्यो । आयश्रोतले भौत्तिक संरचनामा पनि सुधार गर्ने क्रमको शूरुवात त्यस बखत देखि भयो ।

बैष्णवी देवलाई बोकाबलि किन
कारीख महराज बैष्णव हुन् । शुद्ध शाकाहार खाद्य पकवान उनको पुजामा चढ्छ । तथापि बोका-बली दिने काम किन हुन्छन् । यी विषयमा सोधखोज गर्दा कारीख महराजसंगै मीरा पनि हुन् । नामले मीरा महरानी हुनुपर्ने हो ! तर, मीरा महराज हुन् भनिन्छ । मीरा महराज मांसाहारी एवं कारीख महराज शाकाहारी हुँदा र एक्कै ठाउंमा हुंदा नबुझ्ने जान्नेहरुकालागि यस्तो दुबिधा आउंन सक्छ ।

कारीक महराजको नामले उनको अंशको पुजामा अक्षत, फूल, धूप-दीप, ल्वांग-सुकमेल,लड्डू,मिष्ठान, फल-पकवान,आदिले पुजा हुन्छ । मीरा महराजलाई पशुको बली दिन्छन् । त्यस कारण गहरवर भित्रमा उल्लेखित सामग्री सहित कारीक महराजको पुजा हुन्छन् ।

गहवर बाहिर मन्दिरको पर्खाल भित्रको उत्तर-पूर्व कुनामा बलि प्रदान गरिन्छ जो मीरा महराजको अंशमा जान्छ । प्रत्येक वैरागनका दिन पाँच हजारसम्म बलि प्रदान हुन्छ । त्यसकालमा रक्तको खोलो बगेका हुन्छन् तर कतैपनि छिंगा(माछी) मच्छर(लामखुट्टे जस्ता किड़ा फट्याग्रा लाग्दैन । योपनि कारीख स्थानको विशेषता हो ।

कारीख र मीरा संगी थिए । तर एकजना शाकाहार र अर्को मासांहार ! त्यसकारण दूबैजनामा ग्रह मीलान हुँर्दैन थियो । एक समयमा सो विषयमा दूबैबीच छलफल भयो र आपसी सम्झदारीमा सहमति कायम भयो । हामि दूबै संगतिया छौं र एक अर्काबाट डाटा रहने छैनौं, एकसंगनै रहने छौं ! मासुखानेले मासुखान बाहिर बस्ने खाने र साकाहार खानेले घरभित्र बसेर खाने कारीख महराज र मीराबीच सहमति भएका थिए । सोही किम्बदन्ती अनुसारको परम्परा कायम गर्दै गहवरमा कारीख महराजको र गहबर बाहिर मीरा महराजको पुजा गर्ने चलन परौलको कारीख स्थानमा यथावत् राखिएको कुरा जानकारहरुबाट थाह हुन आएको छ ।

कारीख स्थानमा पुगेका जो जस्तो कबूला गरेको हुन्छन् त्यस अनुसार सुपारी-ल्वांगका ‘सलामी’ दैविक शक्तिले पुरा हुन्छ भने विश्वासकासाथ राखिन्छ । आ आफ्नो कबूला गरे अनुसार सन्तान सुख, दाम्पत्य सुख, धन वैभव, यस ऐश्वर्य प्राप्त कारक गुणी-मुनि पुजारीबाट वरदान प्राप्त गरेर अक्षत फूल लीई श्रद्धालु दर्शनार्थी फर्किने गर्छन् ।

यो लोक विश्वास २१ औं शताब्दिमा पनि कायम छ र जनमानसलाई सोचे अनुसार भलो हुन्छ । साचाें मनले आंटेरगरेको कुरा पुरा हुन्छन् । त्यसपछि भाकल गरेका कुरा-चढौना कारीक र मीरा महराजको चरणमा गएर शिश निहुंराएर चढाएर मानिस खुशी खुशी घर फर्किन्छ ।

कारीख महराको सम्बन्धमा अनेक किम्दन्ती कथाहरु मिथिला समाजमा प्रचलित छन् । कतिपय समुदायमा कूल देउताका रुपमापनि पुजिन्छ र कारीख महराज ती घर परिवारका रक्षाकालागि विराजमान हुन्छन् । निराश मानिसको मनमा आशाका नव किरणहरुले जीवन आलोकित पार्ने काम गरिदिन्छन् भन्ने विश्वास लोक-समाजमा कायम छन् ।

सत्ययुगदेखी कल्युगसम्मको कथाले कारीख महराजको छबी चित्रण समाजले औंधि नमानि गर्दै आइरहेका छन् । लोकको मनमा बसेका यी लोक देउता कुनैपनि शास्त्रीय देउता भन्दा कम चमत्कारीक र पुजनीय छैन् । शास्त्रीय देउता ब्रह्मा-बिष्णु-महेशसंग समेत कारीख महराजको कथा प्रसंगहरु जोडिएको पाइन्छ ।

तर, शास्त्रीय देउतासंग यीनको पुजा हुंदैन र पुजन विधानपनि शास्त्रसम्मत नभएर लोकसम्मत रुपमा हुन्छ । यसले आयातित आर्यहरु खश-आर्यहरुको देव न भएर कारीक महराज मूलवासीहरुको मूल देउता हुन् भने स्वतः प्रमाणित हुन्छन् । जो हाम्रा पुर्खाको विरासत हुन् धरोहर हुन्, गौरवगाथा हुन् मान पहिचान र सम्मान साथ सम्मुन्नती दिने र सन्ततिलाई कल्याण गर्ने लोक कल्याणकारक देव हुन् भन्ने मान्यता राखी राख्नु पर्छ । शब्द/चित्रःउपेन्द्रभगत नागवंशी

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Maithili Kalakar
राज्यसिनेहस’ उपेक्षित मैथिली सिनेकलाकारसभ सम्मानित
२०८० असार ३१, आईतवार ११:३४
सीमाञ्चल समदिया
रौदिया अवस्थामे धान दिवस
रौदिया अवस्थामे धान दिवस
२०८० असार १६, शनिबार १०:३५
सीमाञ्चल समदिया
simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
simanchal.com
पाँचसय वर्ष पुराण मिथिला परिक्रमा-यात्रा मटिहानी पुंगल
२०७९ फाल्गुन ११, बिहीबार २०:१९
सीमाञ्चल समदिया
simanchal.com
साहित्यकारसभाके वार्षिक उत्सवमे विभिन्न श्रष्टा सम्मानित
२०७९ माघ ७, शनिबार २२:०४
सीमाञ्चल समदिया