राजेश हमालः नेपाली फिल्म क्षेत्रकै ‘ब्रान्ड’

२०७७ असार १९, शुक्रबार ०७:३३
krishnagek@gmail.com' सीमाञ्चल समदिया

कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो । कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ ।

नेपाली चलचित्रमा पनि नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहन्छ । रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन ।

निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिव्यक्तिपछि फेरि चलचित्र बजारमा यो बिषय गर्माएको छ ।

उसो त, यो अभिव्यक्तिमा दीपाले माफी पनि मागिसकेकी छिन् । तर, दीपाको यो अभिव्यक्तिपछि सुरु भएको प्रतिक्रिया हेर्दा, नेपाली चलचित्र क्षेत्रमा राजेश हमालले कस्तो उचाई बनाएका रहेछन् भन्ने प्रष्ट वुझ्न सकिन्छ ।

एक जना निर्देशकले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाउँदा सामाजिक संजाल यसरी गर्मायो कि, दीपाले मैले यस्तो भन्न खोजेको थिइन भनेर स्पष्टिकरण दिनुपर्यो ।

यसको अर्थ के हो भने, आम जनता राजेश हमाललाई त्यो उचाइमा हेर्छन्, जुन उचाई उनले ‘यूगदेखि यूगसम्मदेखि बागमती’सम्म आइपुग्दा बनाएका छन् । तर, हमालले यो उचाई चलचित्र अभिनयबाट मात्र बनाएका होइनन् ।

हमालले बनाएको व्यक्तित्व, आफूलाई सार्वजनिक स्थानमा प्रस्तुत गर्ने उनको शैली, विवादबाट टाढै रहेर काम गर्ने उनको तरिका आदि आदि । थुप्रै कारणले राजेश हमालको अगाडि ‘महानायक’ जोडिएको हो ।

एउटा कलाकार सधै उस्तै रहन्छ भन्ने छैन । उसको चलचित्रमा काम गर्ने तरिका समय अनुसार बदलिन्छ । एउटा कलाकारको क्रेज पर्दा भित्र एकनाशको हुँदैन । सफलता र असफलताको ग्राफ तलमाथि भैरहन्छ ।

बलिउडमा रोमान्टिक नायकको छवि स्वर्गिय ऋषि कपुरले बनाएका थिए । तर, साहरुख खानको आगमन भएपछि उनलाई ‘रोमान्सका बादशाह’ भनेर सम्बोधन गरियो । तर, यसको अर्थ यो होइन कि साहरुखको आगमनपछि ऋषि कपुरलाई रोमान्स गर्न नै आउदैनथ्यो । यदि, कसैले यसलाई यो भाषामा बुझ्छ भने, उसको वुझाइमा नै कमजोरी देखिन्छ ।

नायक राजेश हमालले ‘महानायक’को बिषयमा हुने गरेको विवादबारे खासै बोलेका छैनन् । तर, राजेशले यति धेरै प्रशंसक कमाएका छन् कि, उनको बिषयमा हुने नकारात्मक टिप्पणीमा उनी बोल्नै पर्दैन ।

एउटा कलाकारले कलाकारिताको यात्रामा कमाउने मुख्य सम्पत्ती नै दर्शकको माया हो । जुन माया चलचित्रको व्यापारिक आँकडासँग दाँज्न मिल्दैन । व्यापारिक आँकडा हरेक शुक्रबार बदलिन्छ । तर, दर्शकले एउटा कलाकारलाई दिने सम्मान न त सजिलै प्राप्त नै हुन्छ, न त सजिलै बदलिन्छ नै ।

दर्शकले भन्दै आएका छन् नेपाली चलचित्रमा ‘राजेश हमालको विकल्प राजेश हमाल नै हुन् ।’ यसैले, नायक हमालले बनाएको उचाइलाई उनले चलचित्रमा काम गरे वा गरेनन् भन्ने बिषयसँग जोड्नु गलत हुन जान्छ ।

कुनै व्यक्तिको नाम कसैले लिदापनि उप्रति जागृत हुने सम्मान सबैभन्दा ठूलो कुरा हो । राजेश हमाल जस्ता निकै थोरै कलाकार नेपाली चलचित्रक्षेत्रमा छन्,जसको नाम लिदा नेपालीचलचित्र हेर्ने वा नहेर्ने, चलचित्रलाई वुझेको वा नवुझेको, जो कोही मानिसमापनि सम्मानको भाव जागृत हुन्छ ।

सामाजिक संजाल हेर्ने हो भने, राजेशको नाममा हजारौ जोक्स बनेका छन् । जुन जोक्सले उनीप्रतिको दर्शकको सम्मान सजिलै वुझ्न सकिन्छ । अन्य कलाकारको ट्रोल बन्दा नकारात्मक कुराले प्रश्रय पाउँछ ।हमालको ट्रोल हेर्ने हो भने उनलाई दर्शकले एउटा उच्च स्थानमा राखेको प्रष्ट हुन्छ ।

‘महानायक’ हमाल चलचित्र क्षेत्रका लागि एउटा नाम मात्र नभएर ब्रान्ड हुन् भन्ने दर्शकको सोचाइमा चलचित्रकर्मीले नै ठेस लगाउने काम गर्नु दुःखद कुरा हो ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Maithili Kalakar
राज्यसिनेहस’ उपेक्षित मैथिली सिनेकलाकारसभ सम्मानित
२०८० असार ३१, आईतवार ११:३४
सीमाञ्चल समदिया
simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
simanchal.com
पाँचसय वर्ष पुराण मिथिला परिक्रमा-यात्रा मटिहानी पुंगल
२०७९ फाल्गुन ११, बिहीबार २०:१९
सीमाञ्चल समदिया
simanchal.com
साहित्यकारसभाके वार्षिक उत्सवमे विभिन्न श्रष्टा सम्मानित
२०७९ माघ ७, शनिबार २२:०४
सीमाञ्चल समदिया
भूत आ कालके भगाबबाला लोकोत्सव एवं चन्द्रग्रहण आइ
२०७९ कार्तिक २२, मंगलवार १२:०२
सीमाञ्चल समदिया