मिथिला चित्रकलाको विशेषता

२०७९ भाद्र ३०, बिहीबार २३:५९
सीमाञ्चल समदिया
Simanchal.com

  • 1
    Share

उपेन्द्रभगत नागवंशी, विभिन्न सांस्कृतिक विविधताले भरिएको हाम्रो मुलुक नेपाल हिमाल, पहाड र तराईक्षेत्रको रुपमा विभिाजित छन् । सबैठाउँमा आ आफ्नो किसिमका लोकमान्यता प्राप्त मौलिक संस्कृति झल्काउने कला परमपरापनि छ ।

 

तराईको मिथिलाक्षेत्रको भूमिमा बसोबास गर्ने मिथिलानी नेपाली महिलाहरुद्वारा एउटा अनौठौं कला परमपरा विकसित भएका छन् । त्योकला हो ‘मिथिला चित्रकला’ । वर्तमान समयमा संसार सामु यो कला ‘मिथिला आर्टको नामले पुगिसकेका छन् । कलाकोमाध्यम बाट व्यवसायपनि हुनथालेका छ । मिथिला चित्रकला भित्र मूख्यतः दुईटा कला पर्छन् ।

 

एउटा मिथिला चित्रकला, दोश्रो अरिपन कला । मिथिला चित्रकला घर-पर्खाललाई सुन्दर र आकर्षक बनाएर देखाउनलाई घरभित्र र घर बाहिरको भित्ता-पर्खालमा चित्र कोरेर रङ्गी-चङ्गी बनाउने गरीन्छ । यो चित्र आफ्नै शैलीका अर्थमूलक र मानवको जीवनसंग गांसिएका अनेक रङ्ग-रुपको हुन्छ । प्रकृतिक रङ्गको प्रयोगकालागि बनस्पतीय झारहरुबाट रङ्ग तयार गरीन्छ ।

 

अरिपनकला भूमिलाई शुसोभित गर्न बनाइन्छ । दूबै चित्र मिथिलाक्षेत्रको सांस्कृतिक झझल्को दिने खालक पहिचानमुखी चित्र हुन्छ । घरकी महिलाहरुद्वारा नै परमपरागत चित्र बनाइन्छ । यी दूबै मिथिलाको लोकचित्रकला हुन ।

 

लोकचित्र ‘मिथिला आर्ट’मा दैनिकजीवनका कुराहरुको झलक दिने कृयात्मक र प्रतिकात्मक तथा दैनिक जीवनका विभिन्न अवसरका चित्र हुन्छ । साथै विभिन्न देवी-देउता,मानव-दानव, पशु, चरा-चुरुङ्गीहरु, रुख बिरुवा पातहरुको चित्रण गरेकोपनि चित्र बनाइएको हुन्छ । यस चित्रमा थरीथरीका रङ्ग प्रयोग गरी रङ्गीचङ्गी चित्र बनाइन्छ ।

 

भूमिचित्र ‘अरिपण’ मात्र एककलरको हुन्छ; चामलको पीठोको झोल जस्तो सेतो । अरबा(काँचो) चामललाई पानिमा पाँच छ घण्टा राखिन्छ । त्यसपछि चामललाई पीसेर झोल बनाइन्छ र सो झोलले भूमिचित्र अरिपन बनाइन्छ । अरिपन चित्र तान्त्रिक विधानमा आधारित हुन्छ र यज्ञविधिका कार्य-कर्म गर्दा अरिपन बनाउने चलन छ ।

 

जन्म, मृत्यु, विवाह, उपनयन, छठिहार, आदि संस्कारमा अष्टदल, स्वस्तिक, श्रीयन्त्र, त्रिकोण(तिनकुना) सप्तकोण(सातकुना) भएको अरिपण चित्र आवश्यकता बमोजिम बनाइन्छ । अरुथोक चित्र नआए वा नबनाएपनि कमलको पात जस्तो, बृताकार अरिपन जेनरल पर्व-त्योहार आदि शुभकार्यमा बनाउने र त्यसमाथि पुजन सामग्रीहरु राखेर शुभकार्य समपन्न गर्ने चलन छ ।

 

भूमिलाई चोखो पार्न तथा प्रकृतिक जीवन्त बस्तुहरुको उर्जा नियन्त्रित र समान्यरुपमा प्रवाहित हुने विश्वासकालागि शुभ, अशुभ दूबै कार्यमा अरिपण चित्र बनाउने चलन मिथिला समाजमा छन् ।

 

यो कलाको शुरुआत सम्बन्धमा विद्वानहरुसंग सोद्धा धेरै-धेरै पहिला सीता-राम भगवानको विहे भएको समय देखिनै शुरुवात भएको बताउनु भयो ।हजारौं वर्ष पहिला नारीहरुले आफनो घरैमा बसि एकान्त जीवन बिताउनु परिरहेको अवस्थामा रहंदा मनमा आएका कुरालाई पर्खालमा कुदिएर राख्ने गर्दा गर्दै पछि चित्रको स्वरुप ग्रहण गरेको हो ।

 

त्रेतायुगमा भगवान रामका भाई लक्ष्मण की श्रीमति एकलो हुँंदा सर्व प्रथम घरको पर्खालमा लक्ष्मणका चित्र कोरेकी थिइन, त्यसबखतदेखि नै चित्रकलाको शुरुआत भएको मानिन्छ भने उहाँले बताउनु भयो ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

simanchal
अनेरुवा माल-जालस’ उपमहानपाकेँ अढ़ाइ लाख आम्दानी
२०८० कार्तिक २०, सोमबार २१:३०
सीमाञ्चल समदिया
simanchal.com
मेयर साहके बात इन्द्रदेव सुनलक
२०८० आश्विन १३, शनिबार १७:५६
सीमाञ्चल समदिया
simanchal.com
कृष्णके जीवन अनुशरणस’सब सुख-सोहन्ता पुरा होएतःमुख्यमन्त्री
२०८० भाद्र २०, बुधबार १९:४०
सीमाञ्चल समदिया
simanchal.com
नगरमे तिन-तिन ठाम भव्य नागपुजा
२०८० भाद्र ५, मंगलवार ००:०३
सीमाञ्चल समदिया
simanchal.com
नाग पुजा एवं नागवंश
२०८० भाद्र ४, सोमबार १०:०५
सीमाञ्चल समदिया
रौदिया अवस्थामे धान दिवस
रौदिया अवस्थामे धान दिवस
२०८० असार १६, शनिबार १०:३५
सीमाञ्चल समदिया