उपेन्द्रभगत नागवंशी,
‘‘ कर्मण्ये हि वाधिकारस्ते मा फलेशु कदाचन ’’ !
यो शास्त्रीय कथनलाई तर्कसंगत रुपमा हेर्दा कर्म गर र फल प्राप्तिको चिन्ता नगर ईश्वरमाथि छोड्नु भनेको छ । शास्त्र रचियताको सिद्धान्तलाई मानेर हामि सोही कुरोको अनुशरण गर्दै आइरहेका छौं । किन भने धर्म-शास्त्रमा भनिएका कुरालाई सत्य मान्दे पालन गर्दै आएका छौं ।
वर्तमान समयमापनि यस विषयमाथि धेरै थोक बहस गर्दैनौं, विश्लेषण गर्न चाहदैनौं । फल प्राप्तिको इच्छा नै नगरी कुनैपनि सम्झदार प्राणी कुनैकर्म गर्न सक्दैन ! मानिस सबैकार्य-ब्यापार फलप्राप्तिको आश लिएर नै गर्छन् र गर्नुपनि पर्छ ।
कर्मानुसार फलप्राप्त गर्नुको आशमा नै जीवन-जगत सुन्दररुपमा चलाएमान हुन्छन् । कर्म गर र फल प्राप्तिको चिन्ता नगर ईश्वरमाथि छोड्नु भनेको मानवलाई प्रकृतिको नीयमसंग र वैज्ञानिक सोंचबाट टाडा गर्नु हो ! शास्त्र रचियताको नीयतमाथि यो प्रसंगले संख्का उत्पन्न हुन्छ ।
कुनैपनि कार्य सफल हुन्छ त्यसको कारण हुन्छन् र असफल हुन्छ भने त्यसकोपनि अनेक कारण हुन्छन् । सफलताकोलागि विफलताको कारण जानेर त्यसलाई सुधार नगरेपछि सफलता पाउन सकिन्न । यस कुरोलाई ईश्वरमाथि छाड्नु आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गर्नु सरह हो ।
लोकधर्मलाई सहजरुपमा लोक (समान्य सोझा-साझा मानिसले) सहजतापूर्वक अंगालेका हुन्छन् । त्यसलाई असहज बनाएर आप्mनो अनुकूल चलाउन चतुर चालाख मानिसहरुले अनेक युक्ति निकाल्छन् र त्यसकालागि भ्रमित गर्ने कामपनि अनेक तरिकाबाट गर्छन् ।
सृष्टिको अविष्कार भएदेखी वर्तमानसम्म त्यस्ता कामपनि नभएको होइन । वेद-पुराण, रामायण, महाभारत, उपनिषद नै त्यसको साक्षी छ । तर यी ग्रन्थहरुमा रहेका कमजोरीहरुलाई उजागर हुन नदिन र सर्वसाधारणलाई जान्नबाट पहिला टाडा राख्ने काम भयो र धर्म नियामक र त्यसका पाठ पढाउनेहरु आफ्नो दूनो सुल्झाउन बृत्ति बनाएर भरण-पोषणको माध्यम शास्त्रलाई बनाएकाले सो समस्या आएको हो ।
समान्यजन सोझो, सरल, इमान्दार परिश्रमशिल र उत्पादनकर्मसंग जुडेका हुन्छन् र हुनुपनि पर्छ । आदिवासी, जनजातिहरुमा यो सांस्कृतिक र ऐतिहासिक विशेषताहरु अहिलेपनि मौलिक स्वरुपमा विद्यमान रहेको स्पष्टरुपमा हेर्न सकिन्छ ।
अहिलेका मानिस पहिला भन्दा कइगुणा अधिक जागरुक भएका छन् । त्यसकारण शास्त्रीय कुराको मापन पुनः हुनुपर्छ । सच्चियाउने कुरोलाई सच्चियाइ हाल्नु पर्नेमा धार्मिक ठेकेदारहरुले गर्दा नभइरहेको र यथास्थितिमै फेरी त्यस्तै कुरोलाई स्वीकारेर आत्मसाथ गर्नुपर्ने अवस्था कायम राखेका छन् । किन की धर्म-कर्म, समाज, संस्कार-संस्कृति, परम्पराको नाममा आफ्नो रोजी-रोटी चलाउनेहरुको वर्चश्व कायम छ ।
सो हट्यो भने उनीहरुको मात्रै होइन वेद, उपनिषद, रामायण, महाभारतका रचियताहरुकोपनि पोल खुल्न सक्छन् । ती रचनाकारहरुप्रतिको श्रद्धापनि कम हुन जाने निश्चित छ । त्सकारण सही साक्ष्यबाट जगतलाई परिचित हुन नदिन जालझेल पुराणकालदेखी वर्तमानसम्म करिब-करिब उस्तै छ ।
यसैकारण हरेक पर्व-उत्सव मनाउनुको उद्देश्य, प्रयोजन केही हुन्छ र हामिलाई केही सम्झाउने बुझाउने काम भएको छ । चाहे त्यो विजयादशमी जस्ता राष्ट्रियपर्व होस अथवा अन्य कुनैपर्व, सबैमा घुसपैठ भएको छ । सो सन्दर्भहरु समेत सच्चिनु पर्ने वा सुधार गर्नुपर्ने कुरा पो गर्नु पर्छ ।
विजया-दशजमीको सार्थक सन्दर्भ
अहिले विजयदशमीको शुभसाइत जुडेका छन् चर्चा गरौं यसै पर्वोत्सवको । मातृशक्तिको पुजन पद्धतिलाई र बुद्धको नीति सिद्धान्तका प्रतिपादनकर्ता तत्कालीन मौर्यसम्राट अशोकको ‘कालिंग विजय-यात्रा’-उत्सवलाई राम-रावणको वध गर्ने कथासंग गांसेर दशैंपर्वलाई व्यापकता दिने काम बडो चालाकी ढंगले भएकोछ । यो अकारण होइन ! नियोजितरुपमा यस हिमवत्खण्ड मिथिलाक्षेत्रको भूखण्डमा पनि आर्य ब्रह्मणहरुको प्रवेश पछि भएको हो ।
दशैंपर्वको सम्बन्ध त्रेतायुगका नायक रामायणका प्रमुखपात्र रामसंग सम्बद्ध नभएर बुद्धकालिन सम्राट अशोकसंग सम्बद्ध छ । सम्राट अशोकले बौद्धधर्ममा दीक्षित भएपछि दशदिनसम्म उत्सव मनाएका थिए । यो कथाका प्रसंगहरु इतिहासमा वर्ण गरिएको छ ।
सम्राट अशोकको राज्य जति विशाल र बिस्तुत भारतवर्षमा अरु कुनै राज्य र शासक थिएन । अशोकले दशदिने उत्सव मनाएपछि सम्पूर्ण भारतवर्षमा दशैं हर्षोत्सवको रुपमा मनाउने परम्परा विकसित भएको इतिहास छ ।
कृषक र आदिवासीहरु सो भन्दा अघिपनि दशैं मनाए थिए । तर, त्यसमा राम-रावणको कथा सामेल हुने गरेका थिएन । कालिंग विजयीपछि सम्राट अशोकले बुद्धको धम्म-दीक्षा ग्रहण गरें । धम्मविजयका सूत्रपात यसै दिनमा गरेकाले सोही परम्परा विकसित हुँदै गए । आर्यहरु यसबाट आहत भए र आर्य-अनार्यबीचको शत्रुता र पाण्डित्यायी पद्धतिबीचको द्वन्द श्रृर्जना भयो ।
आर्य-अनार्यबीचको बर्चश्व कायम गर्न आजको विकसित र शिक्षित समाजमा त्यसकारण नै मूलवासी अनार्य र आयातित आर्यको समिश्रणयुक्त प्रथा प्रचलनमा रहेको पाइन्छ ; जो दशैंको मौलिकस्वरुप र यसको कथ्यलाई हामि सहीअर्थमा बुझ्न नसकिरहेको अवस्था विद्यमान छ । यस विधिको व्यवधानलाई हटाउन आवश्यकता छ ।
दशैंमा रावण मारिएकै हो ?
दशैंमा लंकाधिपति रावण मारिए अथवा मरेंको र राम अयोध्या फर्केको सन्दर्भमा विजयदशमी पर्व मनाउने प्रचलन चलेको हो भन्ने भनाई अध्यात्मिकरुपमा सत्य हुन सक्छ तर आर्यवत्(भारतवर्ष)को भूखण्डको बनौट तथा ऋतुचक्रका आधारमा भन्नुपर्दा झूठो ठहरिन्छ ।
आषाढदेखि असोजसम्म चारमहिना निरन्तर वर्षा हुन्छ । यो फरक विषय हो अहिले मानवीय कुतत्वका कारण ‘ग्लोवलवर्मिङ्ग’ले कहिले वर्षा हुने र कहिले नहुने गर्छन् । तर त्यसकालखण्डमा यस्तो अवस्था थिएन ।
अषाढदेखि असोजसम्म अत्याधिक वर्षा हुन्छ । यस वर्षायामलाई बोलीचालमा ‘चौमासा’ भनिन्छ । चौमासाको समय-कालमा तपश्वीदेखि भिखारीसम्म एक्कैस्थानमा डेरा जमाएर बस्छन् । यो चतुरमासमा ब्राह्मण, पुरोहितहरुको पुजा-पाठ र यजमानी गरेर धन उगाही गर्ने धन्धा मन्दा हुन्छन् । अथवा भनौ एकप्रकारले उनीहरुको काम-धन्धा बन्द हुन्छ ।
धर्मका नाममा धन्धा गरी आयआर्जन गर्ने अयातित आर्यब्राह्मणहरुले युक्ति निकाले र भ्रमजाल बिछाएर कारण देखाए ; देउताहरुपनि चौमासकालमा सुतेका हुन्छन् । दीपावलीको एघारऔं दिनमा देउताहरु जाग्दछन् ।
त्यसपछि सम्बन्धितहरुको ब्यापार ब्यवसाय चलायमान हुन्छ । यो वास्तविक र तर्कसंगत कुरा छ । यसैकारण अषाढशुक्ल एकादशीका दिन ‘देवशयणी’ एकादशी र कार्तिकशुक्ल एकादशीका दिन ‘देवोत्थान’ एकादशी मनाउने चलन चलाएको हो ।
देवशयनी एकादशीकादिन देवी-देउताहरु लामो विश्राम गर्न शयन कक्षमा जान्छन र देवोत्थान एकादशीका दिन देवी-देउताहरु शयनकक्षबाट उठेर बाहिर आउंछन् भन्ने प्रथा आर्यहरुले चलाएको हो । वर्षको यी चारमहिना वर्षाकाल हुन्छ ।
प्राचीनकालमा आजको जस्तो विकसित सडक सञ्जाल थिएन । आवागमनको सहजता र शुलभ साधनहरुपनि थिएन । त्यसकारण वर्षायामको चार महिनासम्म मानिसहरु आवागमन गर्दैन थिए । वर्षाकालमा अन्य कार्य, ब्यापार हुंदैन थियो भने युद्ध कसरी हुन्थियो ? यो विचारनीय प्रश्न छ ।
त्यसकारण दशैंमा रावण मरेको वा मारिएको कुरा एकप्रकारको दुष्प्रचार शिद्ध हुन्छ । जो प्रचारकै ‘बूता’मा हरेकवर्ष राम-रावणको वध-लीला देखाएर सत्य-असत्यबीचको द्वन्द संघर्षको कथा देखाएर मानवसमाजलाई सत्य, निष्ठाको पाठ-पढाउने काम त’ हुन्छ । तर वर्ग संघर्षका ती कुरालाई उजागर गर्ने काम कहिले भएको छैन् ।
झूठ, लुट र मूलवासी र आयातितहरुको बर्चश्व, संघर्षको गाथा हो भन्ने कुरा रामायण जस्ता ग्रन्थको माध्यमले दर्शाउने काम तुलसी दास वा बाल्मिकीले गरेको छैन् । तर, ब्राह्मण शास्त्रमा ‘कर्म गर्ने अधिकार राखौं तर फल प्राप्तिको इच्छा नगरौं !’ भनेको रहेछन् ।
दुर्गा सप्तशत्ति ग्रन्थमा ‘दुर्गा, लक्ष्मी र सरस्वतीलाई एक्कै देवी मानेका छन् । जब की दुर्गा, काली, चामुण्डा, रत्ती, शक्ति गौडी आदि नाम पार्वतीको हो । पार्वती महादेव शीवको अद्र्धाग्नि हुन । शीव पार्वती अनार्य (मूलवासी) हुन् । लक्ष्मी सरस्वति आर्य देवी हुन, अन्यत्रबाट आएकी हुन ! यो प्रसंगपनिधेरै रहस्य लुकाएको छ । यसको समय सापेक्ष पडताल हुन आवश्यक छ ।
आत्मनिर्भलाई परनिर्भतामा लाने प्रथा
प्राचीन समयमा भनिएका ‘भारतवर्ष’ अन्तर्गत नेपालपनि पर्छ,को मानिसको सोंच सदैव आत्मनिर्भर्ताको रहिआएको थियो । यो निर्भर्ता तथागत गौतमबुद्धकै देन हो । बुद्धको शब्दमा भन्ने हो भने -‘अप्पो दीपो भव’ अर्थात् ‘आफ्नो प्रकाश आफै बनौं’को सोंच र सिद्धान्त बनाउ ! यसका ठीक विपरित शास्त्रसम्मत सनातनीधर्मको सोंच हो, जो बढि विकसित भएको हो !
उदाहरणकालागि-‘‘ तू दयाल दिन हाें । तू दाता हों भिखारी ’’ ! यसको तातपर्य छ-‘‘ तिमी दयालु हौ म गरीब ! तिमी दाता हौ, म भिखारी हुँ ’’ । यो सोंच देवी देउता, ईश्वर,भगवान माथि आश गरेर बस ; उनिमाथि निर्भर रहन् प्रेरणा दिन्छन् ।
सार्वाधिक र महत्वपूर्ण तथा चकित पार्ने तथ्य हुन् जो शास्त्र सम्मत कुरा भनिएको छ त्यो कुरा लोकसम्मत कहिले हुन सकेन । धेरै-थोरै जो मानिए अथवा जोबाट मान्ने काम भयो र हुन्छ त्यो भय र भ्रमबस हुन्छ । सत्ताधारक र धर्म नीयामकहरुको बाध्यात्मक अवस्थाले भएको हो ।
त्यसकारण लोकधर्ममा शास्त्रीय धर्म मिसिएर आर्य आचार्यहरुले लोकदेव देवीकै नाममा उनको आढमा शास्त्रीय देव-देवीलाई समावेश गरेर आप्mनो धर्मलाई स्थापित गराए र लोकसम्मत बनाउन प्रयास गरें । तर सर्वस्वीकार्य हुन सकेन ।
आर्य(आयातीत) अनार्य (मूलवासी)बीचको द्वन्द चल्दै रह्यो । आर्य-अनार्यबीचको द्वन्दमा आर्यहरु चतुर थिए र शिक्षित थिए अनार्यहरु सोंझा भएकाले ठगाउंदै गएकाले उनीहरुले आफ्नो खाेंटा टकसार चलाउन थालेको कथ्यहरु स्वयं वेद-शास्त्रहरुको ब्याख्या गर्दा सहजतापूर्व बुझ्न सकिन्छ ।
मातृशक्तिको प्रधानता
यसैगरी मातृशक्तिको प्रतिक दुर्गा, भगवत्ती, काली, गौडी, चामुण्डा आदि देवीको मन्दिर सर्वत्र पाइन्छ । यसको पछाडिको रहस्य हो, आर्यहरुको युक्ति । आर्यहरुको युक्तिले यी अनार्य देवीहरुको महिमा गरिमा र लोकमान्यतालाई आफ्नो पक्षमा पार्नु र भजाई रजाई गर्नुकै युक्ति आर्यहरुको भएकाले उनीहरु मान्न बाध्य भएका थिए ।
नत्र आर्य र आर्यदेवहरुले नारी स्वतन्त्रताको सबालमा उदार कहिले थिएन । नारीलाई बस्तु सरह भोग्यबादी ठानेर उपयोग गर्ने र उपयोग विहिनतापछि कात लगाई दिने थियो । अनार्य मूलवासीहरु आमा, पत्नी, छोरी, बुहारी आदिका रुपमा नारी शक्तिलाई स्वीकारेका थिए र नारी शक्तिलाई आत्माले मानेका थिए । त्यसकै पद्धतिमा लोकधर्म अहिलेपनि कायम छ ।
उल्लेखित देवी देउताको पुजन पद्धति हरेक सनातनी सम्प्रदायमा कूलदेवीको रुपमा र पुर्खालाई कूलदेउताको रुपमा पुजा-आजा गर्ने चलन यथाअवधि कायम छ,त्यो मूलवासीको मूलसिद्धान्त अन्तर्गत निहित छ ।
छिमेकी देश भारत होस अथवा नेपाल दूबै देशका बास्तविक धरतीकावासी मूलवासी अनार्यहरु नै हुन । जो आदिवासी जनजातिका रुपमा अहिले परिभाषित भएका छन् । शास्त्रमा शुद्रताको श्रेणिमा राखिएका भारतवर्षे जम्मुद्विप, हिमवत्खण्डे नेपाल देशेकोपनि प्राणिहरुको प्राणकारुपमा यसले आप्mनो धर्म परम्परालाई परस्पर बिकसित र संरक्षित गर्दै आफ्नो परम्परागत हितका निमित्त पहिचान कायम गरेका छन् र धार्मिक पहिचान संस्कार संस्कृति फैलाउंदै गएका छन् ।
दशैंको मूलकारण
मूलवासी अनार्य प्रकृतिसंग निकटतम् सम्बन्ध गाँसेका प्राणिकारुपमा जहाँपनि रहे बसेका छन् । आजका आधुनिक समाजका मानव जस्तो छल-प्रपञ्ची मानिस नभएर लोकमानस, प्रकृति र पुर्खा (माता-पिता)लाईनै प्रमुख देवी देउता मानेर पुजा गर्ने र सशरीर नभएपनि उनीसंग जुडेको र प्रकृतिको सिद्धान्तसंग आपरुप बाँधिएका हुन्छन् ।
अनार्यहरुको यो प्रथाले आर्यहरुको टाउको दुखाईका यही मूलकारण भएकाले अनेक धर्म, परम्परालाई उनले आफ्नो अनुकूल बनाउने हरेक प्रयास गरेपछि बिफल भए नाश गर्ने र सफल भए दास बनाउने प्रथा कायम गरेंका थिए । त्यहीं दासताको बेरीमा आजकोपनि शिक्षित समाज बेरिएका छन् । यसबाट उन्मुक्त हुन आवश्यकता छ ।
बहुसंख्य मूलवासी अनार्यसमाज आश्विन शुक्लपक्ष शुरु भएदेखि नौऔं दिनसम्म ‘नवरात्रा’ पर्व मनाउंदै छन् । यसमा मातृशक्तिको प्रधानतालाई स्वीकारगरी आत्मस्वाभिमानी र पराकर्मी कत्र्तव्यनिष्ट बन्न जाँगर पाउंछन् । मातृशक्तिको साधना गरेर आमाप्रति नतमस्तक हुन्छ ।
जननी जन्मभूमिप्रति आश्रित हुन्छन् । नारी शक्ति, मातृशक्ति र भूमिशक्तिको विना कुनैपनि कार्यमा शिद्धी प्राप्त गर्न सक्दैन यो सन्देश छर्छन् । दशौं दिनमा जो दशैंको पर्व मनाउने काम हुन्छ वा गरिन्छ त्यो बस्तुतः अशोक विजया दशमी पर्व पनि हो ।
तत्कालिन भारतवर्षका प्रतापि सम्राट अशोकले सनातनधर्म त्यागगरेर बौद्धधर्ममा दीक्षित भएका थिए । दशैंकादिन सम्राट अशोकले दीक्षा लिएको हुंदा दीक्षान्त समारोहलाई प्रचारित र फलित कालान्तरसम्म नहुनदिन आर्य ब्राह्मणहरुले रचेको दुष्प्रचारित एउटा विधान हो ।
सो काल-खण्डमा कलम चलाउने कारीगरहरुले मातृशक्ति पुजनलाई नौदिनका नौदुर्गाको कल्पना गरेर सम्माहित गराए तथा दशौं दिनको पर्वलाई राम-रावणको युद्ध-वधको विजयी उत्सव सामेल गरेर बुद्धका अनुयायी सम्राट अशोककोपनि नाम नचल्न दिन युक्तिपूर्ण रचिएको साजिस हो ।
यो रहस्य माथिको पर्दा उठाउने काम हुन सकेन अथवा भनौ आर्य-अनार्यबीचको द्वन्द-संघर्षमा आर्यहरुले आफ्नो जीतका निमित्त हुन दिएन ! भारतीय संविधानका निर्माता बाबा साहेव डा.भीमराव अम्वेडकरपनि सम्राट अशोकले दिक्षित भएका विजया दशमीकै दिनमा बौद्धधर्मलाई अंगालेर १४ अक्टुबर १९५६मा बौद्ध धम्म-दीक्षा ग्रहण गरेका थिए ।
मातृसत्तात्मक परिवारप्रथालाई पृतुसत्तात्मक परिवारमा परिणत त्यसरी नै गराएर कालान्तरसम्म मानवलाई भ्रमित पार्ने काम गरें । शताब्दियौंदेखि हुँदै आएको दुई संस्कृतिबीचको संघर्षमा लोकमानसमा रसेबसेका सामाजिक ब्यवस्थाहरु, लोक परम्पराको सम्बन्धमा अध्ययन गर्दा पुरापुरी गणतन्त्र सामेल छन् । सबैकाम सामूहिक सहमतिबाट निष्पादित हुन्छन् । यो प्रथा प्रचलन बुद्धकालको देन हो ।
हर्ष र शोकको अवसरहरुमा संगोलको आफन्तजन, नातेदार मात्र नभई छिमेकका र टाढा बस्ने गाउँ समाजका सखा सम्बन्धि मीत्र आदि समेतको सहभागिता हुन्छ । सबैको सहमति सहयोगले सबै कार्य सम्पादित हुन्छ । ती लोक सहमतिमा भएका कार्यहरुमा औंला ठठाउने काम कसैले गर्दैन् ।
यो लोक परम्परालाई आर्यहरुको प्रवेशबाट भत्काउने काम शुरु भयो जो वर्तमानमा आएर अझै बिकराल रुपमा देखापर्न थालेका छन् । धर्म र धार्मिक कृत्तको नाममा असहमतहरुलाई सहमति तिर ल्याउने नाममा अझै विमति तिर धकेलिदै लग्ने काम भइरहेकाले हरेक चाड-पर्व उत्सव आदिमा उत्साहवद्र्धन कम हुंदै गएको देखिन्छ ।
मानिस दिनानुदिन विचलित र नाकारात्मकता तर्फ अग्रसरित हुँदै जानुको पछाडिको एउटा कारण यो पनि हो । यसलाईपनि हामिले समयमै सच्चियाउनु पर्दछ ।
प्रतिक्रिया