पोखराका विकास आयोजना अनुगमन गर्दै सांसदहरू

२०७७ असार १९, शुक्रबार ०७:२०
krishnagek@gmail.com' सीमाञ्चल समदिया

तारा चापागाईं दुबे
पोखरा, असार १५ गते । गण्डकी प्रदेशका सांसदहरू यतिबेला विकास आयोजना अनुगमन गर्न व्यस्त हुनुहुन्छ। प्रदेश निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २(ख) का २५ वटा विकास निर्माण आयोजनाको आज स्थलगत अनुगमन गरिएको छ ।

कार्यक्रमअन्तर्गत प्रदेश सभा सदस्यहरू विन्दुकुमार थापा, प्रभा कोइराला, कुमार खड्का र मीना गुरुङद्वारा विनियोजित कुल दुई करोड रुपैयाँको लागतमा निर्मित आयोजनाको प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मीसमेतको उपस्थितिमा अनुगमन गरिएको हो । कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका वडा नं ४, ८, ९, ११, १६ र २० मा सञ्चालित सडक तथा ढल, सिँचाइ, खानेपानी, बहुउद्देश्यीय भवन, मन्दिर, चौतारा पुनःनिर्माणलगायत योजना छन् ।

समितिका संयोजक प्रभा कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले विकास योजनामा दिएको रकमले जनताका लागि थोरै भए पनि खुशी ल्याएको बताउनुभयो ।

योजना निर्माणमा गुणस्तरीय कार्य र तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने तथा स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा उहाँले जाेड दिनुभयाे ।
चालू आर्थिक वर्षमा सञ्चालित योजनाहरू कोरोना भाइरसका कारण प्रभावित भएको कोइरालाले बताउनुभयो । प्रदेश निर्वाचन क्षेत्र नं २(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य विन्दुकुमार थापाले जनताको आवश्यकता अनुसार बजेट अपुग भएपनि बजेट अनुसारको काम प्रभावकारी भएको बताउनुभयो ।

अर्का सदस्य कुमार खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटबाट सञ्चालित योजनामा जनताले केही हदसम्म जनताको आवश्यकतामा सहभागितामा प्रदान गरेको बताउनुभयो । त्यसैगरी, सदस्य मीना गुरुङले योजनाको बाँडफाँटमा रकम सही सदुपयोग भएको बताउँदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनुभयो । अनुगमनका क्रममा स्थानीय उपभोक्ता समितिका पदाधिकारीले बजेट ढिला प्राप्त भएका कारण र त्यसमा पनि कोरोनाको कारण मजदुर नहुँदा केही ढिलाे भएको गुनासो गर्नुभयो ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

रौदिया अवस्थामे धान दिवस
रौदिया अवस्थामे धान दिवस
२०८० असार १६, शनिबार १०:३५
सीमाञ्चल समदिया
By-simanchal.com
गर्मीस’ राहत एवं प्राणवायुलेल वन-जीवन जोगाउ
२०७९ श्रावण २३, सोमबार १४:०४
सीमाञ्चल समदिया
simanchal.com
तराइमे वर्षा वरसल कन्न-कन्नी बढ़ल,पहाड़मे वर्फ खसल
२०७८ पुष १४, बुधबार १७:४१
सीमाञ्चल समदिया
खजुरी गाममे सफाइ-सुथरता पर जोड़
२०७८ आश्विन ९, शनिबार १८:१४
सीमाञ्चल समदिया
हिमवत्-खण्ड भारतवर्षमे नागपुजन परम्परा एवं नागवंश
२०७८ श्रावण २९, शुक्रबार १२:५७
सीमाञ्चल समदिया
सतोषर पोखरिमे डूइबक एकटा बालिका मरल
२०७८ जेष्ठ ८, शनिबार ११:३६
सीमाञ्चल समदिया