नेपोटिजमका कारण धेरै फिल्म गुमाएँः ताप्सी पन्नु

२०७७ असार १९, शुक्रबार १४:०६
krishnagek@gmail.com' सीमाञ्चल समदिया

बलिउड अभिनेत्री ताप्सी पन्नुले ’नेपोटिजम’का कारण कयौं फिल्म आफ्नो हातबाट गुमाउनु परेको बताएकी छन्। टाइम्स अफ इन्डियाका अनुसार उनले हालै एक अन्तर्वार्तामा आफ्नो करिअरको सुरूआती दिनमा फिल्मी क्षेत्रमा रहेको पक्षपाती व्यवहारले गर्दा फिल्म खेल्न नपाएको बताएकी छन्। राम्रो फिल्म छनौट र आफ्नो अभिनय शैलीले बलिउडमा ठाउँ बनाउन सफल ताप्सी अहिले धेरै फिल्म निर्माता र दर्शकको छनोटमा पर्छिन्।

तेलेगु र तामिल फिल्म हुँदै बलिउड प्रवेश गरेकी उनले ’थप्पड’, ’पिंक’, ’मनमर्जिया’ लगायत राम्रा फिल्ममा अभिनय गरेकी छन्। नेपोटिजमका विषयमा बलिउडका अन्य कलाकारले आफ्नो अनुभव साटिरहेको बेला ताप्सी पनि बोलेकी टाइम्स अफ इन्डियाले जनाएको छ।

उनले फिल्म क्षेत्रमा आउनुअघि नै पक्षपाती प्रवृत्तिको सिकार हुन सक्ने थाहा पाएको बताइन्। यद्यपी आफैंले भोगेपछि भने निकै दुखी भएको पनि उनको भनाइ छ। जब तपाईं फिल्म उद्योगसँग नजिक रहेको परिवारमा जन्मनु हुन्छ, तपाईंले यहाँका मान्छेसँग सम्पर्क गर्न धेरै समस्या सामाना गर्नु पर्दैन। बाहिरका व्यक्तिले भने यस क्षेत्रभित्रका मानिस भेट्न, चिन्न र सम्पर्क बनाउन धेरै प्रयास गर्नुपर्छ।

निर्माताहरू पनि बाहिरका कलाकारभन्दा आफूले चिनेकालाई बढी रूचाउँछन्,’ ताप्सीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ। उनका अनुसार फिल्म उद्योगबाट बाहिर रहेका व्यक्तिले यहाँ आफ्नो ठाउँ बनाउन समय लाग्छ भनेर बुझ्नुपर्छ। र, एक प्रतिभाशाली मान्छेले ढिलोचाँडो सफलता प्राप्त गर्छ नै।

ताप्सी भन्छिन्, ’यदि बाहिरी कलाकार बलिउडमा सफल हुन्छ भने उनीहरूको सफलता सधैं सँगै हुन्छ र कसैले त्यो खोस्न सक्दैन।’ उनले आफू सामान्य परिवारबाट आएको कलाकार हुनुमा गर्व भएको बताइन्। तर यो भेदभावमा दर्शकहरूको पनि जिम्मेवारी रहेको उनको भनाइ छ।

उनले थपिन्, ’बजारमा नयाँ स्टार किडको फिल्म रिलिज हुने बित्तिकै हलमा तँछाडमछाड हुन्छ। तर यहाँ राम्रा फिल्म फ्लप हुन्छ र राम्रा कलाकार हराउँदै जाने सम्भावना बढ्छ।’

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

simanchal
सुरक्षित-संरक्षित आ शुभकारी जीवनलेल अहिंसक बनु
२०८० आश्विन १६, मंगलवार २१:२०
सीमाञ्चल समदिया
simanchal.com
पञ्चतत्वमे विलीन सर्जक नेपालीके जीवन-संघर्ष बृतान्त
२०८० भाद्र १३, बुधबार ११:२०
सीमाञ्चल समदिया
simanchal.com
बीपीके पुण्यतिथिमे शैक्षिक सामग्री, पोषण आहार वितरण
२०८० श्रावण ७, आईतवार १०:०७
सीमाञ्चल समदिया
simanchal.com
सम्वेदनशीलता दिश धनुषा जिला
२०७९ माघ २४, मंगलवार १८:१२
सीमाञ्चल समदिया
४ दिनस’ हरोर मचबैत आएल बाघ सीमापार धराएल
२०७९ पुष २८, बिहीबार १७:४६
सीमाञ्चल समदिया
पुस्तकप्रति जन-जागरुकता बढाबलेल प्रदर्शनी
२०७९ पुष १९, मंगलवार २१:२१
सीमाञ्चल समदिया