जनकपुरधाम । मिथिला नगरी जनकपुरधामसंगै जुटेका धनुषाको बहुअर्वा गाउ निवासी सचेत, जागरुक युवा सुरेश प्रसाद साह समाजिक सञ्जालमा मार्मिक र सन्देशात्मक जनसुधारमुखी कुराहरु लेखी रहनु हुन्छ ।
२०५ ४ को स्थानीय निर्वाचनमा उनी नेकपा एमालेबाट गाविस उपाध्यको रुपमा निर्वाचित भएर समाज सेवा गरी सक्नु भएको अनुभवी मानिस हो उनी । पछिलो समयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको दलमा उनि आबद्ध भएका थिए ।
भट्टराई जस्ता नेतापनि त्यस्तै विभिन्न पार्टीमा जादै पार्टी तोड्दै-फोड्दै,पस्दै-हटदै गएपछि उनकोपनि हबिगत त्यस्तै दखेर सुरेश अहिले पुणर्स्वतन्त्र मानिसको रुपमा आफूलाई चोख्याए छ । उनले स्वतन्त्र रुपमै समाज सुधारक विचारक युवा बन्न पुगेका छन् ।
आगामी निर्वाचन सम्बन्धमा उनले हालै एउटा पोष्ट समाजिक सञ्जालमा गरेका थिए, जो सान्दर्भिक छ । त्यसकारण सो प्रसंग कोट्याउने काम सीमाञ्चल समदियाले गरेका छन् ।
मंसिर ४ मा उल्टोबाटो हिंड्नेबाट सचेत बनौंः भनेर शिर्षक दिएर देशको दुर्गतिदाताहरु नै देशको मुहानफेर्न बाचासाथ पटकपटक जनताबाट मत लिएर जाने र जनतालाई घात गर्दै आएकाले सुरेशले आफ्नो लेखन मार्फत सबैलाई सचेत पार्ने काम गरेका छन् ।
हुन त’ पाँचवर्ष अघि सुरेशले समृद्ध नेपालकोलागि जनचेतना अभियान भन्ने शिर्षक राखि दुईखण्डमा पुस्तिकापनि प्रकाशित गरें । ती पुस्तिकामा, ‘देशका अभिभावक’, ‘देश विकास र भ्रष्टाचार’, ‘राष्ट्रियता, स्वाभिमान र विभेद’, ‘मानव जानावर र हतियार’, ‘राजनीति र जातियता’,‘ मानवकालागि शान्ति मार्ग’, ‘मानवता र नैतिकता’, ‘देशभक्ति सोंचहरु’ आदि उपशिर्षक राखी सो विषयहरुमा संक्षिप्त तर सारगर्भिक विचारहरु उनले पस्किसकेका छन् ।
अहिले यहीवर्ष आगामी मंसिर-४गते हुने भनिएको प्रदेश र संघको आम निर्वाचनमा कस्ता नेतृत्वलाई आम मानिसले छनौट गर्नुपर्ने हो त्यस्कालागि केहि विचार व्यक्त गरेका छन् । सुरेशको सो विचारसंग सबै सहमतै हुन्छ भन्ने छैन तर विचारवानहरुकालागि राम्रो विचार हो र राम्राकालागि राम्रो कुरा गरीदिनु पर्छ भन्ने मात्र सबैथोक राम्रो हुन्छ ।
‘‘ अर्थशास्त्रको एकजना विद्वानले भन्नु भएको छ—‘जसरी बादल जमिनबाट वाष्पिकरण मार्फत पानी थोरै-थोरै गरेर लिन्छ र जम्मागरि एकदिन जमिनकैलागि वर्षागरि दिन्छन् अनि हामी अन्न उब्जाउ छौ । ठीक त्यही प्रकार प्रत्येक देशका सरकारले जनताबाट विभिन्न हिसाबले कर-टेक्स लिन्छ र जम्मागरि देश र जनताको बिकासकोलागि खर्च गरिन्छ । यस क्रमलाई नै देश बिकासको आयस्रोत मानिन्छ वा भनिन्छ ।
घुसखोरी भनेको त्यो बिकासकोलागि जम्मा गरिएको आयस्रोतबाट प्राप्त रकम लिएर अर्थतन्त्रलाई समाप्त पार्नु हो । भनाईको तातपर्य छ हामिले दिने गरेको कर/टेक्सलाई नै भ्रष्टाचारीहरुले स्वेच्छाचारी रुपमे कुमल्याउने गरेको रकम नै भ्रष्टाचारमा जादों हो ।
देशका विभिन्न ओहदामा रहेका कर्मचारी, समाजसेवी भनाउने नेता नीति निर्माणकर्ता आदिले लिने/दिने एकआपसमा बांटिने गरेको रकम जनताको पसिनाबाट आर्जित आय हो । तर हामि यसलाई निर्धकताकासाथ सहदै आएका छौं । बोल्न बोल्छौं तर समाजमा रहेका त्यस्ता कोढ़हरुलाई हामि जनता जो संवैधानिक रुपमा सबभन्दा अग्रअधिकारमा छौं, त्यसको हातमा त्यस्ता तत्वहरुलाई केहि गर्ने अधिकार नै छैन् । यो जस्ट अपोजिट कुरा हो ! होइन र ?
यसलाई हामि एउटा प्राक्टिकल गरेर हेरौं—म अहिले धनुषा जिल्लाको ढल्केवरमा छु मलाई बर्दिबास जानुछ ,मैले पश्चिम् तिर फर्केर बिस्तारै गएपनि मेरो उद्देश्य बर्दिबास जाने हो भने निश्चित पुग्छु । पश्चिम् तिर हिड्नुको जस्ट अपोजिट पूर्व तिर फर्केर हिड्नु ,पुर्व तिर फर्केर हिड्यो भनेके हुन्छ जति हामी हिड्यो त्यति नै हामी बर्दिबास जाने उदेश्यबाट टाढा हुदै जान्छौं ।
अब रह्यो कुरा धेरैपुर्व गएर सोच्ने कि अहिले ढल्केवर मै रहंदा सोच्ने, कि हामी सहिदिशा कहां हो कहां हामि जाने हो त्यता तिर हिडौं अनि सही गणतव्य तिर गएर सही लक्ष्य बोकेको स्थानमा पुग्छौं ।
समृद्ध नेपालको कुरा गर्छौं । भ्रष्टाचारमुक्त समाजको कुरा गर्छौ तर कुरा मात्र गर्छौं । हाम्रो कार्यप्रणाली,कार्यव्यवहारमा सो साकारात्मकता देखिदैन् । सबैले एकअर्कामाथि औंला ठठाएर त’ यस्तो, त उस्तो भनेर दोषारोपन गर्छन् तर चोखो प्रायःधेरै छैन् । त्यसकारण सबल राष्ट्र निर्माणको उदेश्य पुरा गर्न नसकिरहेको अवस्था छ ।
नेता नीति निर्माणकर्ताहरुले सदाचारको बाटो हिडौ भनी रहनु भएछ तर पनि हामी नेपाली जनता अपोजिटको बाटो हिडेर अहिलेसम्म सही गणतव्यमा हामिले देश-जनतालाई पुर्याउन सकेका छौनौ ।
यही चालाले गर्दा , अपोजिट बाटो हिड्दा हिड्दै देशलाई सुडान, इथोपिया, श्रीलंका, पाकिस्तान, फजी जस्तो बनाउन तिर लम्केका छौ भने आभास हुन थालेका छन् । तर, विभिन्न दलमा लागेकाहरु आपना नेतृत्ववर्गलाई भन्ने साहस सम्म गर्न नसकिरहेको अवस्थामा छौ । प्रजातन्त्र, लोकतन्त्र ल्याएको दाबी गर्नेहरु देश बनाउन जिम्मेवारी बोकेकाहरुनै देश डुबाउनमा लागेको प्रसस्त उदाहरणहरु हामि सामु छ ।
जनकपुर चुरोट कारखाना, गोरखकाली टायर उद्योग, बांसबारी छाला जुत्ताका कारखाना, शान्ति बनस्पति घीयु उद्योग, बिराटनगरको जुट मील जस्ता दर्जनौं नाफा मूलक उद्योग त्यहीं प्रजातन्त्रबादी दल र तिनका नेताहरुको गलत नीति र नैतिकता विहिनता, स्वार्थलिप्साको कारण बन्द भएर हराए को हो यसको जिम्मेवारी को लिने ?
त्यस्तालाई कार्यवाही गर्नु पर्दैन , लत्याउनु पर्दैन फेरीफेरी भोंट दिएर त्यस्ता नेतृत्वलाई नै हामि गद्दीसीन गराउनु पर्ने त्यस्तो बाध्यता र दास्ताबाट हामि मुक्त हुन सोच्ने कि फेरी गलत बाटो तिर हिडिरहने हो ?
हामिमा अलिकतिपनि चेतना छ , देशप्रति प्रेम छ जनताप्रतिको सिनेह छ भने आजै उठौ, जागौ र सहि बाटो रोजौ र यसपालीआगामी मंसिर ४ गतेको चुनावमा सही नेता चुनौं ! निर्भिक, निष्ठावान, जनउसासी नेतृत्वलाई चुनेर सदनमा पुर्याउने संकल्प गरौं । तपाईले चाहेको परिवर्तन त्यसपछि हुनेछन् ।
प्रतिक्रिया