टेक्सासमा मास्क अनिवार्य

२०७७ असार १९, शुक्रबार १४:०८
krishnagek@gmail.com' सीमाञ्चल समदिया

काठमाडौं असार १९ गते ।
अमेरिकामा कोरोना भाइरस महामारीको हालको इपिसेन्टरका रुपमा विकसित भएको टेक्सास राज्यका रिपब्लिकन गभर्नरले राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेका छन् ।

सुरुवाति चरणमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वसाधारणलाई सार्वजनिक स्थानमा मास्क अनिर्वाय रुपमा लगाउन आदेश दिएका हुन् ।

उनको यो निर्देशन २० भन्दा बढी संक्रमित रहेका राज्यका काउन्टीहरुमा लागु हुन्छ । टेक्सासका २५४ काउन्टी मध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित रहेका छन् ।टेक्सासमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी पर्नेहरुको संख्या पनि लगातार बढ्दै गएको छ ।

राज्यमा गएको बुधबार एकै दिन ८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । लगातार राज्यको अर्थतन्त्र र व्यवसायलाई प्राथमिकतामा राख्दै आएका गभर्नर एबोटले सबैले मास्क लगाएमा व्यापार व्यवसाय चाँडो खोल्न पाइने बताएका छन् ।उनको नयाँ आदेश अनुसार सुरवाति चेतावनी दिएपछि पनि मास्क नलगाउनेलाई २५० अमेरिकी डलरसम्म जरिवाना तिराइने छ ।

अमेरिकाका ५० राज्य मध्ये टेक्सासमा सबैभन्दा थोरै मात्रै २८ दिन लकडाउन लागु भएको थियो । लकडाउन खुलेपछि संक्रमण तीव्र गतिमा बढेपछि बाध्य भएर फेरि लकडाउनको नियम लागु भएको छ ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Chandryan-3,simanchal.com
अन्तरिक्षके दुनियामे भारत नवअध्याय रचलक
२०८० भाद्र ६, बुधबार २१:३३
सीमाञ्चल समदिया
कैंसररोगीके नयांजीवन हेतु नवजीवन सेन्टर सञ्चालनमे अनलक
२०८० श्रावण ६, शनिबार १८:३३
सीमाञ्चल समदिया
नीक होबबाला क्षयरोगःचेतनाके अभावमे हजारो मरैत
२०७९ चैत्र १०, शुक्रबार २२:१५
सीमाञ्चल समदिया
simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
युरोपके प्रवेशव्दारपर दलकीःसिरियाके हाल सेहो बेहाल
२०७९ माघ २६, बिहीबार १५:०९
सीमाञ्चल समदिया
मातृ र भूमिशक्तिको प्रतिक दशैंको सुल्टो-उल्टो सन्दर्भ
२०७९ आश्विन १४, शुक्रबार १८:१७
सीमाञ्चल समदिया