कुरमुर नागवंशी,
नेपालमा जातीय तथ्यांक अनुसार १२५ बटा जात-जाति रहेको तथ्य सरकारी दस्तावेजमा सूचीकृत भएको पाइन्छ । नेपाल सरकारका आधिकारीक निकाय आदिवासी,जनजातिको तथ्यांकमा तराई, पहाड़, हिमालगरी तिनैक्षेत्रमा बसोबास गर्ने जातिहरुको तथ्यांकमा एउटा समुदायको चर्चोपनि छैन् , त्यो हो ‘नागवंशी’ !
नेपालको उत्पति भएदेखि मात्रै होइन सृष्टिको निर्माण भएदेखिकै एउटा सबल समुदायको रुपमा पहिचान कायम गरेका थिए नागवंशी समुदाय । देउतादेखि दानवसम्मलाई परास्त गरी आफ्ना कर्म, तप-बल र पराकर्मको बलमा देवताकोरुपमा पुजित नागवंशलाई वर्तमान समाज मान्दछन्, पुजदछन् तर जान्न चाहीं सकेका छैन्न ।
हालै संसारभरिका सनातनी समाजले नागपुजनोत्सव श्रद्धा र निष्ठापूर्वक गरें । गएको मङ्गलवार साउन-१७गते पञ्चमी तिथिकादिन मिथिलानगरि जनकपुरधाममापनि नागवंशी समाज, नागवंशी चौरसिया समाज, नागवंशी तमोली समाजले भव्य पुजनोत्सवको कार्यक्रम गरेंका थिए ।
नेपालका राजधानी काठमाण्डौ उपत्यकामा समेत यसवर्ष चौरसीया समाज नेपालले पहिलो पटक कलशयात्रा निकाले र सांस्कृतिक कार्यक्रम सहित नागपुजनोत्सव धूमधामसाथ मनाए ।
नागवंश र नागवंशी जाति समुदायको अस्तित्वको स्वीकारोक्तिकालागि, मान पहिचानकालागि राजधानीवासीको ध्यानकेन्द्रित गराउन यसपाली सार्थक पहल राजधानीमा भएको छ ।
नागवंशी चौरसिया समाज,जनकपुरमा कलशयात्रा, भण्डारा, प्रवचन कार्यक्रम, गीत-संगीतको कार्यक्रम गरेर राजनीतिक मञ्चन समेत गरी नेताज्युहरुको ध्यान आकृष्ट गराउने काम गरेको देखियो । तर, नागवंश नाग जातिहरुको सम्बन्धमा गम्भिरतासाथ उठ्नुपर्ने मुद्दालाई कसैले उठाउन नसकिरहेका अवस्था ज्युंकोत्युं छ ।
मुलुकको राजधानी काठमाण्डौ उपत्यका यी समुदायका प्रमुख गढ़को रुपमा रहेको थियो । नेपाली इतिहासको गम्भिरतासाथ अध्ययन गर्दा सो कुरो शिद्ध हुन्छ । तर वर्तमान समयमा नागवंश, नागवंशी समुदाय थोरै संख्यामा भएपनि निर्बल रुपमा देशका विभिन्न भागमा छरिएर बसेका छन् । त्यसको खोजखबर लिने र तथ्यांक राख्नेबालापनि कोहि छैन् ।
राज्यका कुनै निकाय नेपालका यी आदिमबासी समुदायलाई हेर्न सकेका छैन् । नागवंशी र यस समुदाय भित्रका जातिहरुको शासन सत्तामा पहुँच पक्कर छैन् । किनभने जातिय तथ्यांकमापनि सूचीबद्ध यस समुदायलाई गर्ने काम भएको छैन् ।
नेपालको नामाकरण हुनु भन्दा अघि नेपाल उपत्यका वर्तमान काठमाण्डौ उपत्यकामा नागवंशका जातिहरुको बाहुल्यता थियो । टेकु दोभानमा बसेका ‘ने’ वा ‘नेमि’ नाम गरेका मुनि(ऋषि)ले कर्मका आधारमा जिविका चलाउने साधन सुलभता उपलब्ध गराउन र समाज विकासका निमित नागवंशीहरुलाई अढाएका थिए । नागवंशीहरुको ती प्रधान पुरुषकै नाम बाट पछि नेपालको नामाकरण नेपाल भयो । नेपाल परिचय नामक पुस्तकमा समेत सो कुरो भनिएको छ ।
काठमाण्डौ उपत्यका जलमग्न अवस्थामा रहंदा जलाश्यको वरिपरी नागवंशका घुमन्ते जातिहरु बसोबास गर्दथिएँ । काठमाण्डौ उपत्यकाबाट जल निकासीको काम भएपछि उपत्यका बसोबास योग्य भयो । नागवंशीहरु पराकिलो भएर बस्न थाले र समाज विकासमा लागे ।
पछि उपत्यकामा बाहिरबाट दलबलसाथ समूह-समूह बनाएर प्रवेश गरेकाहरु र उपत्यकाका मूलआदिवासी नागवंशीहरुबीच द्वन्द चल्न थाल्यो । त्यस संघर्षमा पछि रहन गएका नागवंशीहरु छरिएर बस्न थाले र बहरियाहरुले शासन-सत्ता आफ्नो हातमा लीएर समाजलाई डोर्याउन थाले ।
पछि तीनीहरुनै गोपालवंशी र त्यसपछि महिंषपालवंशी कहलाए । यसरी गोपाल र महिंषपालहरुसंग हार खायका नागवंशीहरु पराजित मनस्थितिमा बांच्न थाले र अन्यत्र सराईपनि गरेंको कुरा इतिहासविद् सोमप्रसाद खतिबडा एवं कमला दाहल रचित ‘नेपालको इतिहास संस्कृति र कला परम्परा’ नामक पुस्तकमा उल्लेख भएको पाइन्छ ।
संसारको इतिहासमा कुनै बखत अस्सी प्रतिशत भूखण्डमा नागवंशकै हाली मुहाली थियो । तर वर्तमानमा आप्mनो पहिचान अस्तित्व जोगाउन पनि धौंधौं परिरहेका छन् । संसारको शासनी इतिहासमा सार्वाधिक साशन गर्नेहरुमा नागवंश पाँचौं स्थानमा पर्छ ।
बर्तमान भारतकाका झारखण्ड प्रदेशको इतिहास कोल्टयाउने हो भने त्यां नागवंशीहरुले लगातार दूई हजार वर्ष भन्दा बढि़ समयसम्म शासन गरेको प्रमाण फेला परेको इतिहास छ ।
छैठौं स्थानमा हाम्रो मुलुकको किराँती वंशले शासन गरेका रहेछन् । करिब १५ सय वर्षसम्म किरांतीहरुको राज्य-व्यवस्था थियो । तर, त्यसको दाबीपनि हामि गर्न सकेका छैनौ त्यस्तो भद्रगोल अवस्थामा हामि बांची रहेका छौं ।
यस्तोमा नागवंश र नागवंशी समुदाय भित्रका जात-जातिको बारेमा कस्ले कुरा उठाई दिने हो भन्ने प्रतिक्षामा वर्तमान पुस्ता लागेका छन् तर उनीहरुलाईपनि आफ्नो निजत्वको बारेमा थाह छैन् भने भनाई छ राजधानीवासी हीरा भगतको । प्रकृति पुजक, पाताल लोकवासी पराक्रमी नागवंशका जाति नागवंशी समुदायलाई नाग-साँपसंग तुलना गरेर सर्पजीव बनाइ दिएका छन् ।
कालान्तरमा येस्ता षडयन्त्र धर्माचार्यहरुले गरें गरें वर्तमानमापनि एउटा सम्पन्न समुदायको देनलाई सर्पजीवसंग तुलना गरेर नाग पुजनका दिन दूध-लावा चढ़ाएर आदर भाव ब्यक्त गर्छौ तर जो नागलाई हामि पुजा गर्छौं त्यसको नामबाट कायम समुदायलाई जान्ने प्रयास गर्दैनौं बिडम्बना र विसंगति यो पनि छ । त्यसकारण नाग र सांपमा भिन्नता हामि बुझ्न सकिरहेका छौनौं ।
प्रतिक्रिया