उपत्यका प्रवेश गर्ने नाकाबाट झण्डै ४ सय गाडी फर्काइयो, कसरी पाईन्छ त आउन ?

२०७७ असार १९, शुक्रबार १४:२०
krishnagek@gmail.com' सीमाञ्चल समदिया

प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे र ६५ वटा मोटरसाइकल फिर्ता पठाइएको छ ।

यस्तै फर्पिङ नाकाबाट यात्रु बोकेको एउटा एम्बुलेन्ससहित ६ वटा चारपाङ्ग्रे, ३० वटा मोटरसाइकल र १९ जना पैदल यात्रीलाई फिर्ता पठाइएको उनले बताए ।

यस्तै भक्तपुरको जगाती नाकाबाट १३० वटा चारपाङ्ग्रे र १२३ वटा मोटरसाइकल फिर्ता पठाइएको छ ।

बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुबाट कोरोना संक्रमण हुन सक्ने भन्दै सरकारले उपत्यकाका मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गरेको छ ।

सरकारले पसल तथा कार्यालय खोल्न दिने निर्णय गरेपछि उपत्यकाबाहिरबाट फर्किनेको संख्या बढेको छ । तर, उपत्यका प्रवेशका लागि गृह मन्त्रालयको सहमतिसहितको सवारी पासविनाको सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं प्रवेशका लागि यहाँ बसोबास गर्ने स्थानीय तहको सिफारिस बनाएर हाल आफू रहेको जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनुपर्छ ।

https://simanchal.com/wp-content/uploads/2020/07/ads-simanchal.png
https://simanchal.com/wp-content/uploads/2022/08/bigapan-Jnk.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

simanchl.com
शक्ति आर्जनको सुखद्यात्रा ‘मिथिला परिक्रमा’
२०७९ फाल्गुन १४, आईतवार ०६:०१
सीमाञ्चल समदिया
युरोपके प्रवेशव्दारपर दलकीःसिरियाके हाल सेहो बेहाल
२०७९ माघ २६, बिहीबार १५:०९
सीमाञ्चल समदिया
मातृ र भूमिशक्तिको प्रतिक दशैंको सुल्टो-उल्टो सन्दर्भ
२०७९ आश्विन १४, शुक्रबार १८:१७
सीमाञ्चल समदिया
By-simanchal.com
गर्मीस’ राहत एवं प्राणवायुलेल वन-जीवन जोगाउ
२०७९ श्रावण २३, सोमबार १४:०४
सीमाञ्चल समदिया
केन्द्रदेखि प्रदेशसम्म जाग्दै नागवंशी समुदाय
२०७९ श्रावण २१, शनिबार ०९:३०
सीमाञ्चल समदिया
समृद्धनगरके अभियान पुरा करताह मिथिला नपाके मेयर महतो
२०७९ असार १२, आईतवार ०५:४०
सीमाञ्चल समदिया