संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक संघीय संसद्का दुवै सभाबाट पारित भएको छ । संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै लागू हुनेछ । प्रतिनिधि सभाबाट आएको संशोधनसहितको प्रतिवेदनलाई राष्ट्रिय सभाले बिहीबार स्वीकार गर्दै पुन: पारित गरेपछि विधेयकले अन्तिम रूप पाएको हो ।
प्रतिक्रिया