दीपाबली सम्बन्धि दीर्घ आलेख,
-उपेन्द्रभगत नागवंशी,
हाम्रो मुलुक उत्सव धर्मिता र सांस्कृतिक प्रधानतामूलक मुलुक हो ! आफ्नो संस्कृतिको जर्गेनाकालागी अनेकौं पर्वोत्सवहरु हामि मनाउने गर्दछौं । किन की जीवनको एकलयतालाई तोडन ब्याकुल हुन्छ र पर्वोत्सवमा रमाउन खोजछन् मानव मन । जीवन जस्तो सुकै भएपनि मानिस आफ्नो अदम्य जिजीविषा समय निकालेर खोज्छन् ,जो उनको सामर्थ र शक्ति हुन्छ ; अर्थात् उपलब्ध संसाधन र आर्थिक अवस्थाले भ्याए जति अर्थ खर्चिएर मानव समुदाय आफ्नो अनुकुलको वातावरणमा रमाउंने प्रयास गर्छन ।
हामी २१ औं शताब्दिको प्रारम्भिक अवस्थामा बाँची रहेकोछौं जहाँ-‘मानव जीवनसँग जुडेका प्रायः हरेकापक्ष अर्थ लोभ,मोहसंग जुडेकोछ । यी कुराहरु लक्ष्मीको बिना पुरा हुन सकिदैन् । धर्म-संस्कृतिको रक्षा, परम्पराको प्रयोग र पालन तथा यीनको मूल्य मान्यता र सिद्धान्तको प्रयोग उपभोग ‘लक्ष्मी’ (धन-अर्थ-रकम-रुपैया पैसा-मुद्रा) बिना यो चराचर जगतमा सम्भव छैन् । संसारिक सुख साधनपनि हामि लक्ष्मीको मद्दत बिना पाउँन सक्दैनौ ! यो सबै भ्रम जाल भनौ अथवा मायाजाल आर्यब्राह्मणहरुद्वारा रचित शास्त्रहरुको कारण हो । कर्मण्यताको प्रति नाकारात्मक दृष्टिकोण आर्य-ब्राह्मणी संस्कृतिको सर्वत्र हेर्न सकिन्छ ।
अर्थ लक्ष्मी र धन लक्ष्मी
अर्थ भनेकै ‘लक्ष्मी’ हो, र लक्ष्मीको महिमा भए मात्र मानिस प्रसन्नता प्राप्त गर्न सक्छन् । त्यसैले लक्ष्मीका लागी मरिमेटिने गर्छन अचेल मानव समुदाय ।आजको सभ्यसमाज भनाउनेहरु, कहलाउनेहरु अर्थ-लक्ष्मीको पछाडी अन्धो भएर दौगिन्छ । अर्थभए मानिस धेरै थोक अनर्थपनि गर्छन् र अर्थ नभए सोको लागिपनि अनर्थ गर्न पुग्छन् । अर्थ-लक्ष्मी प्राप्तिका लागी गलत बाटोहरुपनि अपनाउन पछि रहंदैन मानव ! व्यापारीको रुपमा, त्यागिको रुपमा, जोगीको रुपमा भोगीको रुपमा, नेताको रुपमा,नेतृकोरुपमा लक्ष्मी प्राप्तिकालागी सार्थक र निरर्धक बाटाहरु अपनाउं छन् । तर, धन-लक्ष्मी एकनासले एकैठाउँमा बस्दैन् । लक्ष्मी चलाएमान हुन छिन् । यस्तो व्याख्या सनातनधर्म शास्त्रहरमा गरेको पाइन्छ ।
हामि आजपनि यतीको सिद्धान्तवादी भएको छौं जो धार्मिक प्रतिरक्षाकालागि पनि प्रतिकार गर्दैनौ । त्यसका मूलकारण हो हामिलाई थाहै हुंदैन । हामि कहिले थाहने-जान्ने प्रयास गर्दैनौ भनि दिएका कुरा नै मानि हाल्ने अर्थात् सहज बाटो तिर नै जान खोज्छौं । लक्ष्मी पुजापनि त्यसकै एक रुप हो । लक्ष्मी धनकी देवी पक्कै होइन । आर्यदेवहरुको अधिष्ठात्री देवी हुन्न जसलाई हामिले पनि मान्दै आएका छौं । किनकी उनको सम्बन्ध धनसंग-मुद्रासंग-अर्थसंग जोडि दिएका रहेछन् । त्यसको लोभमा हामि लक्ष्मीलाई लोभ्याउन खोज्छौं लक्ष्मीलाई ल्याउन खोज्छौं धनवान बन्ने लालची हुन्छौं । कुनै चिकित्यसकले जाने बुझेका कुरा झै हाम्रा कमजोर नशलाई पण्डा पुरोहित ब्राह्मण साधुले थामछन् र हामि त्यसको जादुई चमत्कारी ठानेर मानि हाल्ने गर्छौं । त्यसले अन्धआस्थाको बजार खुल्लाको खुलै रहन्छ त्यसको लाभ घुमाई फिराई अन्धआस्थाका पाठ पठाउनेलाई नै भई रहेको हुन्छ ।
दीपाबली र लक्ष्मी पुजा
कार्तिक कृष्णपक्ष अमावस(औंशी)का दिन प्रकाशपुञ्जको पहापर्व दीपावलीपर्व सनातन धर्म मानिने समुदायले मनाउने गर्दछन् । दिपाबलीमा हामि दीयो बालेर ,लड्डू मिष्टान,फल आदि चढाएर लक्ष्मीको पुजा गर्छौ ! बास्तवमा हामि त्यो लक्ष्मी देवीको पुजा नगरी लक्ष्मीका लागि पुजा-आजा गर्ने गरेका हुन्छौ । सनातनधर्म मानिनेहरुको एउटा ठुलो समुदाय लक्ष्मीको प्रयोजनकालागी लक्ष्मीको प्रयोग गर्दै आइ रहेका छन् र लक्ष्मीप्रति नै नतमस्तक हुन्छन् । लक्ष्मीप्रति पूणर्तया आत्म समर्पित, आत्म विह्वल, भाव-भंगिमा ठाढो भइ दीपावली जस्तो प्रकाशपुञ्जको महापर्व भनेर मनाउने गर्दछौ त्यो आत्मीक श्रद्धा अब रहेन,लोभात्म श्रद्धा हो !
सांस्कृतिक अनुष्ठानात्मक पर्व भनेपनि विधि-विधान देखिएपनि दीपावलीको अन्तर्निहित सांस्कृतिक मूल्य मान्यता प्रति धेरै सारो सरोकार राखेको हुंदैन । पुरै पर्वमा र पर्व शुरु हुन अगाबै प्रमुखतया मानिसको ध्यान यस कुरोमाथी केन्द्रित हुन पुग्छन-‘आफ्नो घर-पसल सफा-सुग्घर पारौं, चहकिलो बनाऔं तथा दीपावलीका दिन दीयो बालेर,बिजुली बत्ती बालेर अरुभन्दा राम्रो आकर्षणयुक्त दीपावली कसरी बनाउने ! लक्ष्मीपुजामा लक्ष्मीलाई ल्याउन कति लक्ष्मी खर्चौं !!
किन हो किन आस्था ,पुजामा पनि प्रतिस्पर्धा छ । लक्ष्मीलाई देखाउने प्रतिस्पर्धामा लक्ष्मीको प्रदर्शन पनि हुन्छ । दीपावलीमा लक्ष्मीपुजा भन्दा ‘स्टेटस सिम्बल’को कुरामा केन्द्रित हुने गर्दछ लक्ष्मी पुजा । औपचारिक रुपमा हामि वर्षमा एकपटक दीपावलीमा बेस तामझामका साथ विधिपूर्वक लक्ष्मीमाताको पुजाआजा गर्छैं । तर, आनौपचारिक रुपमा वर्षभरि नै कुनै न कुनै रुपमा हामि मानव लक्ष्मीको आगमनकालागी पुजा आराधना, कामना गरि रहेका हुन्छौं ।
लक्ष्मीको बिना जीवन जगत बिरानो लाग्न थालछन् । लक्ष्मी सानातीनालाई कम भएपनि ठूलठालालाई धेरै थोक अनैतिक कर्मपनि गराउन पछि रहंदैन्न । हुन त’ प्रेम र श्रद्धाका दूई पुष्प नै देवी देउतालाई अर्पित गरि दिए पुग्ने रहेछ , भनाई छ । तर,वर्तमान युगको चहकिलो भडकिलो परिवेशमा श्रद्धाका मात्र दूई पुष्प चढाएर लक्ष्मीपनि प्रश्न्न हुन्न र त्यतिकै लक्ष्मीको आराधना गर्दा पनि लक्ष्मी आउंदिन लक्ष्मीलाई ल्याउन लोभ्याउनु पर्दछ; र त्यसकालागीपनि लक्ष्मी नै चाहिन्छ । किन कि हामी उपभोक्ताबादी संस्कृतिमा बांची रहेका छौ । सत्यकर्मी र दुष्यकर्मी पनि बन्नु पर्छ, लक्ष्मी प्राप्तीका लागी ।
यो अकर्मण्य बुद्धिजीविहरुद्वारा गरिएका रचनात्मक मायाजाल हो । धार्मिक कृत्यको माध्यमबाट कर्मण्य मानिसहरुलाई शोषण गर्नुका साथै तीनहरुलाई तल्लोदर्जाको नागरिक देखाउने दास्ताबेजीको बेरीमा बांधेर राख्न सक्ने युक्तिसंगत कार्य हो । यसको पोल सनातन साहित्यको गम्भिरतापूर्वक अध्ययन, चिन्तन र मनन गर्दा आपसे आप खुल्छ ।
लक्ष्मीको वास-स्थान
शास्त्र सम्मत कुरा मान्ने हो भने लक्ष्मीको निवास त्यहाँ हुन्छ जहाँ ‘विश्वासघात हुंदैन, मीत्रको निन्दा र हत्या, समाजमा हिंसा र निन्दा नहुने, ईश्वरीय निन्दा नहुने स्थान ! त्यसैगरी तुलसी र शालीग्रामको पुजन, शंखध्वनी नहुनु, नित्य नियम सँग निष्ठापूर्वक पुजा-आज नहुनु येस्तो स्थानमा लक्ष्मी कहिले पनि निवास गर्दैन् । श्रीमान् श्रीमतिबिच प्रेम सम्बन्ध नहुन, पीतापुत्र-मातापुत्रीबीचको सुमधुर सम्बन्ध नहुनु त्यस्तो स्थानमा पनि लक्ष्मी विराजमान हुँदैन भने तथ्य भेटिन्छ । तर, शास्त्र सम्मत उल्लेखित वाक्यांशमा रुपैंया-पैसा एकत्रित गर्ने, धन्य धान्यबाट सम्पन्न हुने सूत्र कतै उल्लेख रहेको पाइदैन ।
हामि दीपावलीमा धनकी देवी लक्ष्मीलार्ई पुजा गर्छौ त्यसको पछाडी आर्थिक सम्पन्नता हुन खोज्छौं र त्यो लोभकै लागी लक्ष्मीको पुजा आराधना गर्छौ । यतैबाट शुरु हुन्छ धनआर्जनका लोभीपना युक्तिहरु । अनि हामि जे गरेपनि, जे भएपनि लक्ष्मीका लागि त्राहिमा मचाउन पनि पछि पर्दैनौ । कसैको घाँटी निमोटीने भएपनि निमोटी दिने, कसैको कुभलो गरेरपनि आफू सुखी होइन्छ भने कुभलो गरि दिने ।
अरुको कुभलो गरी दिने र सम्पन्नताको बाटो अगाल्ने लक्ष्यमा प्रकृतिकै विकासले गर्दा कालो र सेतो धनका कतिपय कुराहरु समाजमा उठन थालेका छन् । भ्रष्ट आचाणमै नैतिकपतनका कारकपनि हामि मानव लक्ष्मी प्राप्तिकै लालचमा बनाउन पुगेका छौं ; यो मान्नु पर्दछ । जबकी शास्त्रले त्यस्तो निर्देश दिएको छैन् ।
लक्ष्मीकालागि साधना गर्न शास्त्र सम्मत आचार संहिताहरुको समाजिक प्रतिष्ठा, स्वास्थ्य र उदार प्रवृत्तिहरुको रक्षाका लागि नै बनाएको हुनुपर्दछ । यस नियमलाई बनाउने काम निश्चित रुपमा कुनै सरस्वतिका वरदहस्त मध्यवर्गिय समाजको कुनै अगुवाबाट नै भएका होलान्, मान्न सकिन्छ ! किन भने जे तरिकाबाट धन आर्जन गरेपनि सात्विकता बाटै आर्जन गरेका धन कहलाउँ थियो, कालो धन र सेतो धन भने व्याख्या हुने र आउने थिएन ।
भोगवादी संस्कृति अहिलेको समयमा प्राचीन संहिताहरुमा व्याख्या भएका तथा वर्तमानमा देश हाँकनेहरुद्वारा बनाइएका अचार संहिताहरु अक्ष्ुाण्ण रहन नसकेको हो । नीयम कानुनहरुको शतप्रतिशत पालन हुन नकेको कारणपनि त्यही कालो धन हो । लक्ष्मी प्राप्तिका साधन सत्य साधनाबाट नभई गलत बाटोबाट धन आर्जन गरेकाहरुकै पक्षमा उभेको हुँदा सेता लक्ष्मीका आगमनका कामना केही सिमित र सत्य कर्मनिष्ट ब्यक्ति, समुदायले मात्र गर्ने गरेको हुन् ।
अधिकांश उद्योगी, व्यापारी, समाजमा भद्र भनाउनेहरु समाजका अगुवा-नेता इत्यादी सेतालक्ष्मीको पुजा गरेपनि उनीहरु कालो लक्ष्मीकै असल पुजेरी रहने गरेका प्रसस्त उदाहरणहरु भेटिन्छन् । कालो र सेतो लक्ष्मीको संग्रहबृत्तिको सन्दर्भमा समय समयमा सञ्चार माध्यमहरुको आवरण स्टोरी हुने गरेको पनि हामि पाउछौं । हाम्रै मुलुककै कुरा गर्ने हो भेने पूर्वमन्त्रीहरु चिरञ्जीवी वाग्ले, खुमबहादुर खडका, जयप्रकाश प्रसाद गुप्ताकालो लक्ष्मीकै कारण जेल जीवन बिताएका रहेछन् ।
हरेक समयमा मानवजीवन संग प्रत्यक्ष सरोकार राख्ने धनलक्ष्मीको आवश्यकता पर्दछ । यसको विना जीवन -जगत सँग जुडेका मूल्य मान्यता, परम्पराक उपभोग,संरक्षण र प्रबद्र्धन हुंदैन । लक्ष्मीका लागि गरिने पुजा आराधना लक्ष्मी प्रसन्न होस त्यसकालागी होइन बरु लक्ष्मीको माध्यमबाट ‘लक्ष्मी’ प्राप्तिकालागी गर्ने गर्छन् । यस हिसाबले दीपावलीको सम्बन्ध साँस्कृतिक मूल्यमान्यता भन्दा बढि प्रकाशपुञ्जको यो महापर्व र यसको आढ़मा धनआर्जन ‘लक्ष्मी’ प्राप्ति के कसरी गर्न सक्छौं त्यो फिराकमा हुन्छौं हामी ।
अकर्मण्य बुद्धिजीविहरुको मायावी जाल
‘‘ तयोरिद घृतवत्पयो सिहन्ति घीतिभिः गन्धवस्यध्रुवे पदे ! ’’ (ऋग्वेद-१-२-१४)
सनातन संस्कृत साहित्य ऋग्वेदको यो दार्शिनिक श्लोक हो । यसको अर्थ हुन्छ -‘राजा वर्ग प्रजा वर्ग र विप्रवर्ग यी तीन घटक पृथ्वीको शासक हुन्छ । यसमा मात्र विप्रवर्ग नै पृथ्वीको सारतत्व उपयोग गर्न चाहन्छ । राजावर्ग र प्रजावर्ग दुबैको सारतत्वलाई विप्रजन अनेक युक्तिहरुले पृथ्वीमा रहेका शासकीय प्राणिको आश्रय लिएर उपभोग्य गर्नु । ’
विप्रको अर्थ वेद पढने र पढाउनेलाई भनिन्छ भन्ने कुरापनि ऋग्वेदमा वणर्न गरिएकोछ । तर, ब्राह्मणी हितको संरक्षणकर्ता ग्रन्थ ‘मनुस्मृति’मा विप्रलाई ब्राह्मणको रुपमा व्याख्या भएको पाइन्छ । अर्थात् वेद पढने पढाउने विप्र नै ब्राह्मण हो भनि ठोकुवा कुरा मनुस्मृतिले गरेका छन् । शास्त्रहरुको यस प्रकारको कथनलाई ब्राह्मणहरुले पक्रेर राखे । यज्ञादि,पुजा-पाठ गर्न सुरु गरें ।
समाजमा वर्ण विभाजनी परम्परा विकसित भएपछि ब्राह्मणहरुको कार्य आजपनि यजमानी गर्ने, पुरहैती गर्ने दान-दक्षिणा लिन कार्य उनीहरुको सम्मानित पेशा बनेको छंदैछ । कृषि, पशुपालन, स्थापित्यकला-कौशल सीप-रोजगार आदि श्रममूलक कार्य गर्न तिर तत्कालिन समयमा गएन । आप्mनो जीविकाको साधन ती कुराहरुलाई बनाएर सीमित रहें । अहिलेपनि त्यो संस्कारबाट पूणर्तया मुक्त उनीहरु भएको छैन् । र, त्यस्को मार आम मानिसले खेप्नु परिरहेको छ ।
यस प्रकार वेद-शास्त्रबाट महिमा मण्डित गराएर अकर्मण्य बुद्धिजीविहरुद्वारा रचिएका मायावी ब्राह्मणी संस्कृतिको मायाजालमा मानिसफंसेको हो । जो मानवीय मूल्य मान्यताको कसौटीमा कसी लगाउंदा शोषण , तल्लोस्तरका हीनताबोधक प्राणि देखाउने प्रयास भएको पुष्टि हुन्छ । सोही संस्कार फैलिदै वर्तमानसम्म आफ्ना जडा जमाउंदै गइरहेका छन् । शामन्तशाही तथा एकतन्त्रिय नीति व्यवस्थाको स्थापना सदैव धर्मग्रन्थको सहायताले आफ्नो कार्य सम्पादन गर्न सफल्ता मिलोस भने अभिप्रायकासाथ ब्राह्मणहरुले गर्दै आए । यसो नगर्नुको पछाडि ठूलो विज्ञान छ ।
धनलक्ष्मी,कालो लक्ष्मी र पाप लक्ष्मी
नववस्त्र, आभुषण, मीष्ठान, फलफूल, धुप-बत्ती बालेर दीयाहरु जलाएर प्रतिस्पर्धात्मक रुपमा दीपोत्सक पर्व मनाएर हामि लक्ष्मीको पुजा आराधना दीपावलीका दीनमा गर्छौ । औंशीको काल रात्रीमा दीयाहरु बालेर प्रकाशमय पार्नेकाम हामि गर्छौ तर मोन भित्रका कालोपना हटाउन तिर लाग्दैनो । त्यसैले होला हामि जति लक्ष्मीको पुजा गरेपनि हाम्रो जीवन अन्ध्यारो नइ छन् । कालो लक्ष्मीको कारण अरुठाउँबाट भगाइएका पापलक्ष्मीलाई नै अगाल्न पुगेका त’र्छैनौ भने आफ्ले आपूलाई कोटयाउनु पर्ने बेला छ ;
अर्थववेदमा एकसय जति लक्ष्मीको वणर्न छ । सो मध्ये कालोलक्ष्मी सेतो लक्ष्मी, पापलक्ष्मी, पुण्य लक्ष्मीको विशेष प्राथमिकता साथ वणर्न गरिएको छ । वर्तमान युगमापनि यी नै लक्ष्मीहरुको कारण मानव यश अपयश, सुख, दुःख प्राप्ति गर्छन । मार्कण्डेय पुराणमा ‘पापलक्ष्मी रोग तथा मृत्युको देवी हुन । पुण्यलक्ष्मी आरोग्य, सुख, यश प्रदातृ हुन’ । दीपावलीका दीन पुण्यलक्ष्मीको पुजा गरी धनलक्ष्मीको आशमा पुजा गरिन्छ भने दीपावलीका पूर्वसंध्यामा पाप लक्ष्मीको आगमन नहुनदिन नाङ्गलो बजाउने चलन कतिपय समाजमा छ ।
हामिले लक्ष्मी प्राप्तिका साधानलाई साधारणबाटो बाट नभई साधनाबाट प्राप्त गर्न सक्नु पर्दछ । कसैको कुभलो नहुने गरी,लक्ष्मी प्राप्त गर्नु पर्दछ । अनि मात्र धनलक्ष्मी प्रसन्नता पूर्वक वास हामिले चाहेक स्थानमा गर्न सक्छन् । कुन लक्ष्मी सेता र कुन लक्ष्मी कालो हो भन्ने कसरी छुट्याउने त’-‘कुनै ब्यापारीले एकसयको सामान एकसय पच्चिस सम्ममा बिक्री गर्छ भने त्यो सेतो लक्ष्मी प्राप्त गरेका ठहरिन्छ । यदी एकसयको सामान डेढ़/दूई सयमा बिक्री गर्छ भने त्योस्तो तरिकाबाट आर्जन गरेकोलाई ‘ कालो लक्ष्मी’ कहलाउंछ ।
त्यसै गरी सेवाभाव दर्शाएर नोकरी लगाई दिने मुद्दा मामिला फरिछौट गराई दिन जस्ता अनेक कार्यको प्रलोभनमा अर्थोपार्जन गर्ने माध्यमबाट आउने लक्ष्मी, पापलक्ष्मी हो भन्ने बुझनु पर्दछ । दलाली प्रवृति धेरै धन आर्जन जस्ता लोभीपना मानसिकता कालो लक्ष्मी ल्याउने बाटो हो,भन्ने पनि बूझिन्छ । हामिले लक्ष्मी प्रप्तीकालागी मानवीय मूल्य मान्यता,समाजिक परिवेश, राष्ट्रहितको दृष्टिगत गरी साधनहरु अपनाउनु पर्दछ ।
मूलकारण सहजवोध
हामिले सहज स्वाभिविक रुपमा स्वीकार गर्न थालेकाले ब्राह्मणी धर्म संस्कृतिले समाजमा उनीहरुले थापेका पसल चल्छ र आकाश छुनेगरीको महत्वाकांक्षापनि उनीहरुको पुरा हुन्छ । यज्ञादिलाई आधार बनाएर पहिला राजा र धनपतिहरुलाई हथियार बनाउं थिए । अचेल पुजा-पाठ यज्ञ-दान,जन्म-मृत्य, ग्रह-दोष हटाउने, विवाह-उपनयन इत्यादि संस्कारको माध्यमबाट हुने खानेदेखि लिएर समान्यजनलाई पनि अस्त्र बनाएर आफ्नो दूनु सुल्झाउने थालेका छन् ।
धर्मकृत्यको रुपमा प्रचारित लूटतन्त्रलाई रोक्नु पर्दछ । धर्मको सही स्वरुप बुझेर कृत्य गर्नु नै मानवीय लाभको बाटो तिर लाग्नु पर्दछ । अनि धर्मको मानवीय मार्यादा पनि कायम रहन्छ । आस्था विश्वासका आधारमा होइन कर्म र विज्ञानिकताको धरातलमा पनि हामि खडो उत्तिणर् सक्छौं । अनि अन्धआस्थी बितण्डाबाट मुक्त हुन सक्छौं ।
मानिसको सोंच आत्मनिर्भताको हुनुपर्छ । तर, भएको उल्टो देखिन्छ । पर निर्भतामाबढि हाम्रो प्रथा प्रचलन केन्द्रित छ र हामि त्यसकै केन्द्रमा केन्द्रित भएर घुमि रहेका हुन्छौं । खाशगरी धर्मसंग सम्बन्धित कृत्य गर्नुपरेको खण्डमा; धार्मिक अनुष्ठान, पुजा-पाठ, यज्ञादि कार्यमा ! किन की हामि जान्ने प्रयास गर्दैनौं । ब्राह्मण पुरोहितले भनेका मानि हाल्ने,गरी हाल्ने हुन्छौं । त्यसैले हाम्रो सोंच परनिर्भर हुन्छ यसलाई वर्तमानमा त्याग गर्नुपर्छ । मानिसको सोंच नै उनलाई वर्चस्ववान बनाउंद छन् ।
महामानव गौतम बुद्धको शब्दमा भन्ने हो भने ‘‘अप्प दीपो भवः ! ’’ आफ्नो प्रकाश स्वयं बनौं । यस्ता युक्ति लगाउ । यस्ता कृत्य गरौं । आवश्यकता यसको छ । तुलसी दासले रामायणमा भनेको जस्तो ‘‘ तू दयालु है ,मै दीन दुःखी हुँ ! तू दाता है, मै भिखारी हुँ ’’ गरेर जाने हो भने हाम्रो सोंच स्वाभिमानी हुने होइन परनिर्भर हुन जानेछ । शास्त्र सम्बद्ध सोंच परनिर्भर बनाउंद छन् ।
वेदमा भनिएको अथवा तुल्सी दासले भनेको त्यो कालखण्ड र अहिलेको कालखण्डमा फरक छ । त्यस साक्षयलाई फरकपनालाई विज्ञानको कसौटीमा कसेर जाने हो भने धेरै सत्य थाहा हुन्छ । जो सत्य लाग्छ र मनले मान्छन् त्यो नै गर्नुपर्छ । धर्मको नाममा धार्मिक कृत्य गरेर जीवन परिर्वतन,धनवान गुणवान बन्ने पद्धति कर्म गरेर, श्रम गरेर, पसिना बगाएर, मिहिनत गरेर सदाचारी बनेर नै गर्नुपर्छ । अनि धन लक्ष्मीपनि त्यसैको अधिनमा रहन्छ, त्यसकै घरमा वास गर्छन् भन्ने कुरा बुझ्नु पर्ने आवश्यक छ ।
प्रतिक्रिया